रामकुमारी झाक्रीसहितका नेताहरू नेकपा एमालेमा फर्किए

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

14
Share
Featured
  • माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असहमति जनाएका रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताहरू पुनः नेकपा (एमाले) मा फर्किएका छन्।
  • झाँक्री, श्रेष्ठ, पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, गम्भीरलाल श्रेष्ठलगायतका नेताहरूले एमालेलाई टुक्राएर एकीकृत समाजवादी गठन गरेका थिए।
  • उनीहरूलाई ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममार्फत् अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ राम कुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले)मै फर्किएका छन्।

यसअघि एमालेलाई टुक्राएर नेकपा एकीकृत समाजवादी गठन गरेका झाँक्री, श्रेष्ठसहित पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, अर्जुन राई, गम्भीरलाल श्रेष्ठ लगायतका नेताहरू पुनः एमालेमै फर्किएका हुन्।

आज राष्ट्रिय सभा गृहमा एमालेले चलाएको 'घर फर्क राष्ट्रिय अभियान' मार्फत् एमालेमा फर्किएका उनीहरूलाई अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले स्वागत गरे।

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)राम कुमारी झाँक्रीनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)खड्गप्रसाद शर्मा ओली
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...