एमालेमा फर्किएनन् भीम रावल, नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

18
Share
Featured

 काठमाडौँ। मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टी  मा समाहित हुने भएका छन् ।

आगामी बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।

नेकपा एमालेबाट निष्कासनमा परेका नेता रावलले त्यसपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए । एमालेले पुराना नेताहरूलाई फर्कन समेत आह्वान गरेको थियो । तर, रावल एमालेमा फर्किएनन् ।

हिजो (आइतबार) नेकपाका नेताहरूसँग रावलले वार्ता गरेका थिए । उक्त छलफल सकारात्मक भएको छलफलमा सहभागी नेताहरूले बताएका थिए ।

सोही अनुसार, आगामी बुधबार उनी ‘वृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत नेकपामा समाहित हुन लागेका हुन् ।

उक्त कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यो समाचारमा

काठमाडौँभीम रावलमाधवकुमार नेपालपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...