मधेश प्रदेश प्रमुखले देश, संविधान र प्रदेशको अस्मिता समाप्त पार्न खोजेको रास्वपा प्रवक्ताको अरोप

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

10
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदीले ‘देश, संविधान र प्रदेशको अस्मिता समाप्त पार्ने’ कदम चालेको बताएका छन् । 

सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले यस्तो कार्यको राजनीतिक स्वीकार्यता हुन नसक्ने भन्दै यसलाई ‘घृणित’ संज्ञा दिए । मधेस प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको सपथ ग्रहण प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेस प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरे पनि सपथ ग्रहणको शैलीलाई लिएर राजनीतिक वृत्तमा तीव्र आलोचना भइरहेको छ ।

उनले भनेका छन्, ‘स्वास्थ्य समस्या छ, उपचारको लागि काठमाडौं जाँदैछु भनेर जनकपुरबाट राति अबेर हिँडेकी मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुलीमहोत्तरीको सिमानाको एक होटेलमा एमालेको एक प्रदेश सांसदलाई नयाँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गराएर देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरिन् । यो घृणित कार्यको राजनीतिक स्वीकार्यता हुन सक्दैन । विरोध छ ।’

यो समाचारमा

महोत्तरीसिन्धुलीजनकपुरफेसबुक
काठमाडौँ9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...