शिक्षक र प्राध्यापकका संगठन अमान्य घोषित, राजनीतिक गतिविधिमा भाग लिए कारबाही गरिने शिक्षामन्त्री पुनको चेतावनी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

24
Share
Featured

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र विश्वविद्यालयका कर्मचारीहरूलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिएका छन्।

उनले भनेका छन्, ‘कुनै पनि पेशागत ऐनले तिनलाई सौदाबाजीबाहेक अन्य राजनीतिक क्रियाकलापमा संलग्न हुने अधिकार दिएको छैन। यस्ता गतिविधि पाएमा कानूनी कारवाहीका लागि बर्खास्तगीसम्मको व्यवस्था छ।’

समाचार सारांशGenerated using AI.

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र विश्वविद्यालयका कर्मचारीहरूलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिएका छन्।

मन्त्रालयबाट आइतबार जारी सूचनामा उनले हाल शिक्षक महासंघ, प्राध्यापक संघ लगायतका संगठनहरूले पेशागत दायित्व र आचरणविपरीत राजनीतिक गतिविधि बढाएको गुनासो आएको भन्दै मन्त्री पुनले यस्तो गतिविधिले शैक्षिक गुणस्तर खस्किँदै गएको उल्लेख गरेका छन् ।

‘सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीको कर्तव्य, नैतिक दायित्व र आचरण सम्बन्धी कानुन स्पष्ट छन्’, उनले भनेका छन्, ‘कुनै पनि पेशागत ऐनले तिनलाई सौदाबाजीबाहेक अन्य राजनीतिक क्रियाकलापमा संलग्न हुने अधिकार दिएको छैन। यस्ता गतिविधि पाएमा कानूनी कारवाहीका लागि बर्खास्तगीसम्मको व्यवस्था छ।’

मन्त्री पुनले विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक र कर्मचारी संघलाई मन्त्रालयले अब मान्यता नदिने निर्णय गरेको जानकारी पनि दिएका छन्।

मन्त्रालयले शिक्षक र कर्मचारीको पेशागत हकहित तथा संविधानप्रदत्त अधिकारको सम्मान गर्ने भए पनि ती संगठनहरूलाई गैरराजनीतिक, स्वतन्त्र र व्यावसायिक स्वरूपमा पुनर्गठन गर्न पनि उनले आग्रह गरेका छन् ।

पुनले शिक्षा क्षेत्र शान्ति क्षेत्रको रूपमा स्थापित रहेको उल्लेख गर्दै भनेका छन्, ‘विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीत गतिविधि भए प्रचलित कानुनबमोजिम कडा कारवाही गरिनेछ।’

यो समाचारमा

काठमाडौँमहावीर पुनशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...