क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

17
Share
Featured
  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान सरकारलाई ‘दलाल पूँजीवादी’ र ‘कठपुतली सरकार’ भन्दै देशमा स्वतन्त्र, जनमुखी संयुक्त सरकार गठनको प्रस्ताव गरेको छ।
  • पार्टीले राष्ट्रिय राजनीतिक सम्मेलनमार्फत देशभक्त, क्रान्तिकारी र वामपन्थी शक्तिहरूलाई संयुक्त मोर्चामा ल्याएर नवऔपनिवेशिक जंजीर तोड्ने योजना बनाएको छ।
  • मंसिर महिनाभर पार्टीले देशव्यापी जनसभा, पर्चा वितरण, भ्रष्टाचारी भण्डाफोर र पौष ११ मा केन्द्रीय जनसभा गर्ने कार्यक्रम तय गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशमा स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

पार्टीका महासचिव सीपी गजुरेल (गौरव) द्वारा जारी प्रेस विज्ञप्तिमा नेपालको वर्तमान सत्ता संरचना ‘दलाल पूँजीवादी राज्यसत्ता’ भएको आरोप लगाउँदै यसको विकल्पमा स्वतन्त्र र जनमुखी सरकार आवश्यक रहेको उल्लेख गरिएको छ ।

पार्टीले हालको अस्थायी सरकारलाई ‘कठपुतली सरकार’ भन्दै यसले जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सञ्चारसम्बन्धी समस्या झन् गम्भीर बनाएको दाबी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो नवऔपनिवेशिक जंजीरलाई तोड्न राष्ट्रिय राजनीतिक सम्मेलन गरी देशभक्त, क्रान्तिकारी र वामपन्थी शक्तिहरूबीच संयुक्त मोर्चा निर्माण गर्नुपर्छ ।’

पार्टीले जारी गरेको कार्यक्रम अनुसार, कार्तिक २८ गते गाउँ तथा नगरपालिका केन्द्रित जनसभा गर्ने, र मंसिर १ गते देशव्यापी पर्चा वितरण अभियान चलाइनेछ । 

साथै मंसिर ७ गते देशका प्रमुख सहरहरू महेन्द्रनगर, धनगढी, सुर्खेत, घोराही, बुटवल, बाग्लुङ, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, विरगञ्ज, धनुषा, गाईघाट, धरान र विराटनगरमा जनसभा आयोजना गरिने बताइएको छ ।

पार्टीले मंसिर महिनाभर ‘भ्रष्टाचारी र दलालहरूको भण्डाफोर’ गर्ने र पौष ११ गते माओ दिवसका अवसरमा केन्द्रीय जनसभा आयोजना गर्ने पनि जनाएको छ ।

महासचिव गौरवले पत्रकार तथा जनसमुदायसँग यी सबै कार्यक्रमहरूमा समर्थन र सहयोगको अपिल गरेका छन् । पार्टीले यी कार्यक्रमहरूको समीक्षा गरी आगामी राजनीतिक योजना तय गर्ने जनाएको छ ।

यो समाचारमा

धनुषापोखरासुर्खेतघोराही
काठमाडौँ9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...