मासु निर्यात अभिवृद्धिका लागि राँगा–भैंसी प्रवद्र्धन कार्यविधि २०८२ तयार

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

13
Share
Featured
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात प्रवर्द्धनका लागि ‘राँगा वा भैंसी प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ तयार गरेको छ।
  • कार्यविधिले गुणस्तरीय, स्वास्थ्य मापदण्डअनुरूप राँगा–भैंसी उत्पादन, प्रशोधन र निर्यातलाई सघाउँदै किसानलाई वैज्ञानिक व्यवस्थापन र प्रोत्साहन दिने लक्ष्य राखेको छ।
  • यो कार्यक्रम लागू भए ग्रामीण रोजगारी, पशुपालन व्यवसायको आकर्षण, विदेशी मुद्रा आर्जन र राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष योगदान हुने मन्त्रालयको अपेक्षा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात बढाउने उद्देश्यसहित ‘राँगा वा भैंसी प्रवद्र्धन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८२’ तयार पारेको छ ।

मन्त्रालयले नेपालबाट मासु तथा मासुजन्य वस्तुको निर्यात सम्भावना बढ्दै गएपछि व्यवस्थित उत्पादन, गुणस्तर सुनिश्चितता तथा पशु स्रोत व्यवस्थापनलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यविधि ल्याएको हो ।

मन्त्रालयको भनाइअनुसार यस कार्यविधिले गुणस्तरीय र स्वास्थ्य मापदण्ड पूरा गर्ने राँगा तथा भैंसीको उत्पादन, प्रशोधन तथा निर्यातलाई समर्थन गर्नेछ । साथै, किसानलाई उच्च उत्पादकता भएका जातको प्रवद्र्धन, वैज्ञानिक व्यवस्थापन, भन्सार तथा स्वास्थ्य परीक्षण सहजता लगायत कार्यक्रममार्फत आर्थिक अभिवृद्धिमा टेवा पु-याउने अपेक्षा गरिएको छ ।

कार्यविधिमा पशु कल्याण, नन–एन्टीबायोटिक उत्पादन प्रणाली, किसानलाई प्रोत्साहन र निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति समावेश गरिएको छ । मन्त्रालयले आगामी दिनमा मासु निर्यात अभिवृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय बजार पहिचानमा पनि सक्रियता बढाउने तयारी गरेको जनाएको छ ।

सरकारले मासु तथा पशुपालन क्षेत्रलाई कृषिमा आधारित अर्थतन्त्रको महत्वपूर्ण अंग मानेको छ । मन्त्रालयका अनुसार कार्यविधि कार्यान्वयनमा आयो भने ग्रामीण रोजगारी, पशुपालन व्यवसायमा आकर्षण, विदेशी मुद्रा आर्जन तथा राष्ट्रिय आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान हुनेछ ।

यो समाचारमा

भैंसीकाठमाडौँनेपालकृषि तथा पशुपन्छी विकास मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...