‘नास आइटी एक्स्पो २०२५’ : टेक्नोलोजीमा नेपालले गरेको प्रगतिप्रति उत्साह

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

13
Share
Featured
  • नेपालको पहिलो ‘नास आइटी एक्स्पो २०२५’ सम्पन्न भयो, जहाँ ३५ भन्दा बढी नेपाली आइटी कम्पनीहरूले आफ्ना सफ्टवेयर, सेवा र प्रविधिमूलक समाधान प्रस्तुत गरे।
  • एक्स्पोप्रति दर्शकहरूको उत्साहजनक प्रतिक्रिया प्राप्त भयो; एक हजारभन्दा बढी व्यक्तिले भ्रमण गरेका थिए र नेपालमा प्रविधि क्षेत्रमा भएको प्रगतिप्रति आश्चर्य व्यक्त गरे।
  • प्रदर्शनीले कम्पनीहरूबीच सहकार्य र नेटवर्किङको अवसर प्रदान गरेको छ, साथै राज्यले आइटी सेक्टरलाई व्यवस्थित र लगानीमैत्री बनाउन ध्यान दिनुपर्ने सुझाव दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिस कम्पनीज (नास आइटी) द्वारा आयोजित नेपालकै पहिलो ‘नास आइटी एक्स्पो २०२५’ शनिबार सम्पन्न भएको छ ।

शुक्रबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको दुईदिने प्रदर्शनीमा ३५ भन्दा बढी नेपाली आइटी कम्पनीहरूले आफ्ना सफ्टवेयर, सेवा र प्रविधिमूलक समाधान प्रस्तुत गरेका थिए ।

कार्यक्रमको समापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नास बोर्ड सदस्य प्राथना शाक्यले एक्स्पोप्रति दर्शकको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताइन् ।

उनले भनिन्, ‘हिजो मात्रै एक हजारभन्दा बढी दर्शकहरूले एक्स्पो भ्रमण गर्नुभयो । हामीले निकै राम्रो प्रतिक्रिया पायौं । टेक्नोलोजी क्षेत्रमा नेपालले गरेको प्रगति देखेर धेरैजना आश्चर्यचकित पनि हुनुभयो ।’

उनले, यो एक्स्पोले सफ्टवेयर र आइटी सेवा प्रदायक कम्पनीहरूलाई आफ्ना नवीनतम समाधान र परियोजना प्रदर्शन गर्ने ठूलो अवसर प्रदान गरेको बताइन् । नेपालमा पहिलोपटक केवल सफ्टवेयर र आइटी सेवा क्षेत्रलाई लक्षित गरी आयोजना गरिएको यो प्रदर्शनीले प्रविधि क्षेत्रमा कार्यरत कम्पनीहरूबीच आपसी सहकार्य र नेटवर्किङका लागि नयाँ प्लेटफर्म तयार गरेको बताइएको छ ।

एक्स्पोमा सहभागी दिवस थापाले नेपालको आइटी सेक्टरलाई व्यवस्थित गर्न राज्यले ध्यान दिनुपर्ने औल्याए । सरकारले लगानीमा सहजीकरण, रेगुलेशन साथै इकोसिस्टममा सहयोग गर्नुपर्ने बताए ।  

यो समाचारमा

नेपालललितपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...