चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

14
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहामा जारी छ । शुक्रबारदेखि सुरु भएको बैठक शनिबार पनि निरन्तर चलिरहेको छ । बैठकमा आगामी निर्वाचन तयारीसहित पार्टी संगठन सुदृढीकरण र राजनीतिक रणनीतिबारे छलफल भइरहेको पार्टीले जनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले नयाँ इतिहास निर्माण गरिरहेको बताएका छन् । उनले भने, ‘हाम्रो नयाँ पार्टी हो, हामी इतिहास निर्माण गर्दै गइरहेका छौँ । अर्को ७० वर्षपछि जब पत्रकार र शोधकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीको इतिहास लेख्नेछन्, उनीहरूले चितवनमा सुरु भएको यो विस्तारित बैठकको पनि उल्लेख गर्नेछन् ।’

डा.वाग्लेले पार्टी पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको बताउँदै त्यसलाई पार्टी विकासको स्वाभाविक चरणका रूपमा व्याख्या गरे ।

‘यो सुशासन र समुन्नती महाअभियानको एउटा खुट्किला हो,’ उनले भने, ‘हामी अहिले विशेष चरणमा छौँ, मुलुक पनि असामान्य संक्रमणकालीन अवस्थामा छ । आन्तरिक र बाह्य चुनौतीबीच पनि हामी न्याय र एकताको सन्देश बुलन्द गर्न तयार छौँ ।’

साथै उनले मुलुक आफैं पनि संक्रमणकालीन अवस्थामा रहेको बताए । उनले पार्टीमा पनि केही आन्तरिक र बाह्य चुनौतीहरु थुपरिरहेको अवस्थामा न्याय र  एकताको सन्देश बुलन्द गर्ने अवस्थामा आफूहरु रहेको बताए ।

बैठक परिसरमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै नेता हरि ढकालले आफ्नो पार्टी वैकल्पिक नभइ मूलधारको भएको बताए । नेता शिशिर खनालले जेनजी आन्दोलनका क्रममा उठेका मुद्दाहरुप्रति आफ्नो समर्थन रहको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनमा आफूहरुको सहभागिता रहेको बताए । 

रास्वपाको विस्तारित बैठकमा केन्द्रीय समिति सदस्य, प्रदेश संयोजक, जिल्ला संयोजकसहित पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहेको छ ।


यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीचितवनहरि ढकाल
शिशिर खनाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...