कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

12
Share
Featured
  • नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन काठमाडौंको बत्तिसपुतलीमा भेला आयोजना गरेको छ, जसको अध्यक्षता भक्तपुर सभापति दुर्लभ थापाले गरेका छन्।
  • थापाले विशेष महाधिवेशनलाई असान्दर्भिक बताउँदै त्यसको “न सिङ्ग न पुच्छर भएको प्रस्ताव” भएको टिप्पणी गरे र नियमित महाधिवेशनमार्फत पार्टी अघि बढ्नुपर्ने धारणा राखे।
  • सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षका नेताहरूको अगुवाइमा भएको भेलामा विभिन्न प्रदेशका सभापतिहरू सहभागी रहे, जहाँ संस्थापन पक्षले बैशाखमा नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नियमित महाधिवेशनका लागि दबाब दिनका लागि नेपाली काँग्रेसको संस्थापन पक्षले बिहीबार काठमाडौंमा भेला गरेको छ ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला शुरु भएको हो । भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् ।

थापाले विशेष महाधिवेशन समय सान्दर्भिक नभएको बताएका छन् । उनले विशेष महाधिवेशन दर्ता भए पनि त्यसको कुनै सिङ्ग पुच्छर नभएको बताए ।  

उनले भने, ‘जेनजी आन्दोलनमा हाम्रो पार्टी कार्यालयसँगै पार्टी सभापतिको घर नै जल्यो । त्यसपछि सभापतिलाई हटाउनुपर्ने भन्दै पार्टीका महामन्त्रीहरुले अभियान नै चलाउनुभयो । त्यसपछि  सभापतिले कार्यवाहक सभापति तोकेर तुरुन्तै बिदा हुनुभयो । तर पार्टीमा विशेष अधिवेशनको एउटा प्रस्ताव दर्ता भयो, विशेष अधिवेशन के को लागि दर्ता भयो भने त्यसको कुनै सिङ्ग पुच्छर छैन । त्यसको नतिजा के आउँछ ? थाहा छैन कसैलाई त्यसैले अहिले विशेष महाधिवेशन समय सान्र्दर्भिक छैन ।’

नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन भेला आयोजना गरेको हो । भेलाको अगुवाइ सभापति शेर बहादुर देउबाकृष्ण प्रसाद सिटौला पक्षका नेताहरुले गरेका छन् ।

भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्री भुपेन्द्र राई, मुगु सभापति ऐन बहादुर शाही, ओखलढुङ्गा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्बुजा, अछाम सभापति पुष्प बहादुर शाह, जित शेरचनलगायत सहभागी छन् ।

कांग्रेस इतर पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेला संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिँदै आएको छ । 

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले आगामी पुसमा विशेष वा नियमित महाधिवेशनको माग गरिरहेका बेला संस्थापन पक्षले बैशाखमा नियमित महाधिवेश हुनुपर्ने बताउँदै आएको छ ।

यो समाचारमा

शेर बहादुर देउबानेपाली काँग्रेसम्याग्दीकाठमाडौँ
कृष्ण प्रसाद सिटौला8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...