नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्नेछ : माधव नेपाल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

14
Share
Featured
  • नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपालले नयाँ पार्टीको घोषणा नेपाली राजनीतिमा नयाँ तरंग पैदा गर्ने र जनताको विश्वास जित्न आवश्यक भएको बताए।
  • उनले पार्टीले सानो वा संकिर्ण दायरामा बस्न नचाहेको, देशभरका सबै सकारात्मक शक्तिहरूलाई एकत्र गरेर संविधान, गणतन्त्र, सुशासन र भ्रष्टाचारविरुद्ध लडाइँमा अग्रसर हुने दृष्टिकोण व्यक्त गरे।
  • माधव नेपालले पूर्व नेकपा सचिवालयका ९ जना शीर्ष नेतामध्ये ५ जना हालैको पार्टीमा समावेश भएको उल्लेख गर्दै विगतका असफल प्रयासबाट सिकेर उदारतापूर्वक सबै घटकलाई सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नवनिर्मित पार्टी नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजक माधवकुमार नेपालले नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्ने बताएका छन् ।  

बुधबार काठमाडौंमा आयोजित एकता सभामा उनले नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा तरंग पैदा गरेको भन्दै अब जनतालाई विश्वास दिलाउने हिसाबले अगाडि बढ्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्ने मैले देखेको छु । कम्युनिष्ट आन्दोलनमा मात्रै होइन, नेपाली राजनीतिमा नयाँ तरंग पैदा गर्ने छ । हामी नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्ने छाँै । त्यसो हुनाले हाम्रो अग्नी परिक्षा अब सुरु हुनेछ । जनताले हामीलाई नियाली रहेका छन् । पुरानै पार्टीको नयाँ रुप हो वा नयाँ चरित्र बोकेको पार्टी बन्ने भनेको हो । जनताको मनमा यो जिज्ञाशा रहेको छ । त्यसकारण हामीले जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । यो पुरानै पार्टीको अर्को रुप होइन ।’

यस्तै, उनले आफूहरु सानो दायरामा बस्न नचाहेको भन्दै फराकिलो सोचका साथ देशका सबै सकारात्मक शक्तिहरुलाई गोलबन्द गरेर अघि बढ्ने प्रयासमा रहेको बताए ।

उनले भने, ‘हामी सानो दायरमा बस्न चाहादैनाँै, संकिर्ण सोचका साथ अघि बढ्न चाहादैनाँै, आग्रह पूर्वाग्रह राखेर हिन्न पनि चाहादैनौँ त्यसकारण हामी फराकिलो सोचका साथ देशका सबै सकारात्मक शक्तिहरुलाई गोलबन्द गरेर अघि बढ्न चहान्छाँै । देशमाथि आघात गर्ने देशघातीहरु, विदेशीको दलाली गर्नेहरुसँग कुनै हिसाबले पनि सम्झौता गर्ने छैनाँै । साथै, संविधान र गणतन्त्रका विरोधी शक्तिहरुलाई पनि छोड्ने छैनौँ । यो पार्टीको मूल जिम्मेवारी देशभरका जनतासँग एकताबद्ध हुने हो ।’

उनले सुशासनको पक्षमा, भ्रष्टाचार विरुद्धमा र समाजमा रहेको विकृतीबारे सबै कुरामा हातमा हात मिलाएर सँगै अगाडि बढ्न जेनजी साथिहरुलाई पनि आह्वान गरेका छन् । 

उनले भने, ‘अब जेनजी साथिहरुलाई पनि भन्न चहान्छु आउनु हामीसँग हातेमालो गर्दै अगाडि बढ्नु, सुशासनको पक्षमा, भ्रष्टाचार विरुद्धको लडाई होस् वा जनताको जीवन परिवर्तन गर्ने कुरा होस् वा समाजमा रहेको विकृतीबारे सबै कुरामा तपाईहरुसँग हातमा हात मिलाएर सँगै अगाडि बढ्न चहान्छौँ ।’

पहिला पनि ९ जना शीर्ष नेताहरू मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको भन्दै अहिले पनि ९ जना शीर्ष नेताहरूमध्ये ५ जना यही पार्टीमा जोडिएको हुनाले  मूल पार्टी यही भएको उनको भनाई छ ।

उनले भने, ‘नेकपाकालको ९ जनाको सचिवालयको ९ जना शीर्ष नेताहरूमध्ये ५ जना यही पार्टीमा जोडिनु भएको छ त्यसकारण मूल पार्टी यही भएको छ । विगतमा हामीले गरेको एकता र एकताको प्रयासमा विफल भएको अनुभव सबैको आधारमा पनि हामीले समीक्षा गरिरहेका छाँै । प्रत्येक घटकका साथीहरूलाई अपमान नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ र यस कुरमा हामी उदार भएर अघि बढ्छौँ ।’

यो समाचारमा

माधवकुमार नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...