एन्फा प्रेसिडेन्ट कप : चित्लाङ फुटबल क्लबको विजयी शुरुवात, दोस्रो खेल बराबरीमा टुंगियो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

18
Share
Featured

काठमाडौँ

बुधबारदेखि मकवानपुरको हेटौडामा सुरु भएको एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब, काठमाडौंले  उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ ।

हेटौडा–६, गौरीटार रंगशालामा भएको पहिलो खेलमा चित्लाङले देउराली युथ क्लब, धनकुटालाई एकतर्फी प्रदर्शनसहित ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

चित्लाङका लागि चन्दन दास, इशान सुब्बा, विज्ञान खड्का र मदन स्याङ्तनले गोल गरेका थिए भने, देउरालीका रामचन्द्र वजीले एक मात्र गोल फर्काए ।

उत्कृष्ट प्रदर्शनका लागि चित्लाङका जय गुरुङलाई म्यान अफ द म्याचघोषित गरिएको थियो ।

प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघ८८को प्राविधिक सहयोगमा सञ्चालन हुँदैछ । लिग–कम–नकआउट प्रणालीमा आधारित प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैबीच, आजै सम्पन्न दोस्रो खेलमा विजय युवा क्लब र लालिगुराँस संघ क्लब, गोरहीबीचको खेल ०–० बराबरीमा टुंगिएको छ ।

यो समाचारमा

चित्लाङकाठमाडौँमकवानपुरधनकुटा
अखिल नेपाल फुटबल संघ (एन्फा)5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...