अहिले हाम्रो संविधान कठिन अवस्थामा छ : महेन्द्र राय यादव

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

16
Share
Featured

नेता महेन्द्र राय यादवले संविधान अहिले कठिन अवस्थामा रहेको र स्वार्थपूर्ण पुनरुत्थानवादी तथा प्रतिगामी शक्तिहरूले त्यसलाई चुनौती दिइरहेको बताएका छन्।

उनले छुट्टाछुट्टै रहेका शक्तिहरू अब एकीकृत भएको र पार्टीले संविधान संरक्षण तथा न्यायको लडाईमा विजय सुनिश्चित गर्ने बताए।

यादवले मुलुकलाई प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजानुपर्ने आवश्यकतालाई जोड दिँदै जेनजी आन्दोलनले यो मुद्दा पुनः उठाएको बताए।

समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेता यादवले अहिले संविधान कठिन रहेको बताएका छन् ।

बुधबार १० राजनीतिक दलबीच बृहत एकता घोषणा कार्यक्रममा बोल्दै उनले अहिले संविधान धेरै नै कठिन अवस्थामा रहेको बताएका हुन् ।

उनले स्वार्थ पूर्ण गर्न पुर्नउठानवादी शक्तिहरु र प्रतिगामी शक्तिहरु सलबाई रहेको बताए । उनले छुट्टाछुट्टै रहेका शक्तिहरू एक ठाउँमा केन्द्रीकृत भएकाले अब एकीकृत पार्टीले लिएको लक्ष्य पूरा हुने बताए ।

‘अहिले संविधान बहुत कठिन अवस्थामा छ यो अवस्थाबाट बचाउ गर्नको लागि स्वार्थी पूर्ण देशमा पुर्नउठानवादी शक्तिहरु प्रतिगामी शक्तिहरु सलबाई रहेका छन् । उसको उदेश्य नेपालको संविधानलाई समाप्त गर्ने, उलंघन गर्ने छन् । यो देशमा भएको उपलब्धिलाई सार्वजनिक गर्नको लागि कम्युनिष्ट पार्टी हामी यो १० पाण्ड्व त ५ भैदियो हामी त यहाँ १० भाई खडा भएका छौँ । अब हाम्रो जित निश्चित छ  । त्यसैले यो सबै न्यायको लडाई हो,’ उनले भने । 

उनले मुलुकलाई अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा पु¥याउनुपर्ने भन्दै जेनजेड आन्दोलनले यो मुद्दालाई पुनः उठाइदिएको बताए । 

‘अब अहिलेको समय मुलुकलाई अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा पु-याउनुपर्ने हुन्छ । जेनजेड आन्दोलनले यो मुद्दालाई पुनः उठाइ सकेको छ,’ उनले भने । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...