कांग्रेसमा ३० वर्षमुनिका युवाको प्रतिनिधित्व गराउन शिवाकोटीको माग

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

19
Share
Featured
  • कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे र नयाँ पुस्ता लक्षित कार्यक्रम (‘कांग्रेस संवाद अभियान’) सुरु गर्न सुझाए।
  • उनले भदौ २३–२४ गतेको जेनजी आन्दोलनलाई राजनीतिक चेतको रूपमा व्याख्या गर्दै, पार्टीले नागरिकको आक्रोश बुझ्न नसकेकोमा सचेत गराए।
  • शिवाकोटीले विशेष महाधिवेशनको माग सम्बोधन गर्न, पार्टी निर्णय प्रक्रियालाई लोकतान्त्रिक बनाउन र कार्यकर्ताको आवाज सुन्न जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले जेनजी लक्षित कार्यक्रम तत्काल ल्याउन आग्रह गरेका हुन् ।

उनले भने, ‘हामीले नजरअन्दाज गरेको पुस्ता हाम्रै छोराछोरी हुन्, तर उनीहरू किन हाम्रो सट्टा अरूको कुरा पत्याइरहेका छन् भन्ने आत्ममन्थन गर्न जरुरी छ ।’

शिवाकोटीले जेनजी पुस्ताको असन्तुष्टि पार्टीले गम्भीरतापूर्वक नलिएको भन्दै सचेत गराए । उनले नयाँ पुस्ताको आवाज सुन्ने, प्रतिनिधित्व सुनिश्चित गर्ने र व्यवहारिक कार्यक्रम ल्याउने कांग्रेसको अहिलेको उच्च प्राथमिकताको विषय हुनुपर्ने बताए ।

उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई देशको राजनीतिक चेतका रूपमा व्याख्या गर्दै भने, ‘हामीले नागरिकको आक्रोश बुझ्ने सट्टा अझै पनि गुटगत स्वार्थमा अल्झिरहेका छौँ । समय बलवान हुन्छ, समयको संकेत नबुझे कांग्रेस थप संकटमा पर्न सक्छ ।’

शिवाकोटीले सभापति शेर बहादुर देउबाआरजु राणा देउवामाथि भएको आक्रमणको निन्दा गर्दै स्वास्थ्यलाभको कामना गरे । साथै, पार्टीमा निर्णय प्रक्रिया लोकतान्त्रिक बनाउने, कार्यकर्ताको आवाज सुन्ने र विशेष महाधिवेशनको माग सम्बोधन गर्न सुझाव दिए ।

उनले भने, ‘५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका छन्, त्यसलाई नजरअन्दाज गर्नु विधान विपरीत हुन्छ ।’

शिवाकोटीले नयाँ पुस्ता लक्षित ‘कांग्रेस संवाद अभियान’ ल्याउन र पार्टीको सांगठनिक ढाँचामा ३० वर्षमुनिका युवाको कम्तीमा १५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे ।

यो समाचारमा

आरजु राणा देउवाकाठमाडौँनेपाली काँग्रेसशेर बहादुर देउबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...