कांग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखको मात्रै नवीकरण,देउवाकै गृहजिल्लाबाट क्रियाशील सदस्यता नवीकरण हुन सकेन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

15
Share
Featured

काठमाडौँनेपाली काँग्रेसका झन्डै ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखले मात्र सदस्यता नवीकरण गरेका छन् । केन्द्रीय कार्यालयलाई ४६ जिल्लाबाट ३ लाख ९ हजार २५४ जनाले सदस्यता नवीकरण गरेको विवरण प्राप्त भएको छ ।

जसमध्ये केन्द्रीय कार्यालयलाई इमेलमार्फत प्राप्त विवरणअनुसार १९ जिल्लाका एक लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये एक लाख १८ हजार ७९४ को सदस्यता नवीकरण भएको छ । 

महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘१९ जिल्लामा एक लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये एक लाख १८ हजार ७९४ सदस्यता नवीकरण भई केन्द्रीय कार्यालयमा इमेलमार्फत विवरण प्राप्त भएकेको छ ।’

२७ जिल्लामा हगत नवीकरण भएर एक लाख ९० हजार ४६० सदस्यता केन्द्रमा बुझाउने क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ । ‘अर्थात् ४६ जिल्लाबाट ३ लाख ९ हजार २५४ सदस्यता नवीकरणको विवरण प्राप्त भएको छ,’ महामन्त्री थापाले प्रतिवेदनमा लेखेका छन्, ‘सिस्टममा इन्ट्री गर्न बाँकी छ ।’

१६ वटा जिल्लामा (केही वडाबाहेक) वडाबाट क्रियाशील सदस्यता नवीकरण भएर तहगत प्रक्रियामार्फत जिल्लामा संकलन हुने क्रममा रहेको महामन्त्री थापाको भनाइ छ ।

महामन्त्री थापाको प्रतिवेदनअनुसार सभापति आरजु राणा देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता नवीकरण हुन सकेको छैन । यस्तै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा पनि नवीकरणमा समस्या देखिएको छ ।

महामन्त्री थापाले प्रतिवेदनमा डडेल्धुरा र सुर्खेत-२ मा क्रियाशील सदस्यता नवीकरण हुन नसकेको कारण भने खुलाएका छैनन् । ‘केही जिल्लामा विभिन्न कारणले नवीकरणमा समस्या उत्पन्न भएको छ,’ उनले प्रतिवेदनमा लेखेका छन् ।

प्रतिवेदनअनुसार कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको गृहजिल्ला नुवाकोट र निवर्तमान गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र कञ्चनपुर-३ मा पनि नवीकरणमा समस्या देखिएको छ ।

निवर्तमान परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको जिल्ला कैलालीका १, २ र ४, पूर्वगृहमन्त्री बालकृष्ण खाँणको जिल्ला रुपन्देही-४, सहमहामन्त्री उमाकान्त चौधरीको जिल्ला बारा-१ र २, पूर्वउपसभापति विमलेन्द्र निधिको जिल्ला धनुषा-३ र ४ मा पनि समस्या रहेको महामन्त्रीको प्रतिवेदनले देखाउँछ ।

नयाँ सदस्यता वितरण खुला र सहज बनाउने, नेपाली कांग्रेसको क्रियाशील सदस्य बन्न चाहने मापदण्ड पुगेका नेपाली नागरिकलाई सहज ढङ्गले क्रियाशील सदस्यता प्रदान गर्ने व्यवस्था गरौँ,’ थापाको प्रस्ताव छ ।

नयाँ क्रियाशील सदस्यता वितरणका लागि देशभरका वडाबाट फारम भर्ने र प्रतिनिधिसभा क्षेत्रबाट सदस्यता प्रदान गर्ने गरी कात्तिक २१ देखि मंसिर १० सम्म समय प्रदान गर्न सकिने महामन्त्रीको भनाइ छ ।

‘यसका लागि सबै वडा र क्षेत्रमा छुट्टै आईडी पासवर्ड उपलब्ध गराउने गरी सिस्टम तयारी अवस्थामा छ,’ उनले प्रतिवेदनमा लेखेका छन्, ‘यसले जेनजीलगायत नयाँ पुस्ताका साथीहरूलाई सदस्यता प्रदान गर्न सहज बाटो खुल्छ ।’

क्रियाशील सदस्यता नवीकरण र वितरण प्रक्रियामा पहिलेको भन्दा अनुकूल अवस्थामा पार्टी रहेको भन्दै उनले महाधिवशेनको कार्यतालिका टुंग्याएर एकबद्ध भई अधिवेशन प्रक्रियामा होमिएको अवस्थामा सदस्यताको काम दुई हप्तामा गर्न सकिने दाबी प्रतिवेदनमा गरेका छन् ।


यो समाचारमा

आरजु राणा देउवागगन थापाआरजु राणा देउवानेपाली काँग्रेस
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...