रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगियो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

13
Share
Featured

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिरवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरबार लगिएको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बुधबार प्रहरीले कारागारबाट ‘जेनजी आन्दोलन छानबिन आयोग’को कार्यालय लगेको हो ।

जेनजी आन्दोलनका क्रममा कारागारबाट बाहिरिएको विवादास्पद घटनाबारे सोधपुछ गर्न आयोगले उनलाई बोलाएको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले हिंसात्मक रूप लिएको थियो । भदौ २४ गते सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका लामिछाने पनि ‘असुरक्षा’को कारण देखाउँदै अन्य कैदीबन्दीसँगै कारागारबाट बाहिरिएका थिए ।

उनी बाहिर निस्कँदा प्रयोग गरिएको ‘रिहाइ पत्र’को आधिकारिकतामा प्रश्न उठेपछि यो घटना थप विवादमा तानिएको थियो । लामिछाने भने पछि आफैँ कारागार फर्किएका थिए ।

 

यो समाचारमा

काठमाडौँरवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...