रामकुमारी झाँक्रीसहितका नेताहरू एमालेमा फर्कने तयारीमा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

20
Share
Featured
  • नेकपा (एकीकृत समाजवादी) भित्रको एक समूहले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा सहभागी नहुने र नेकपा (एमाले)मा फर्कने तयारी गरेको छ।
  • उक्त समूहमा रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू रहेका छन्।
  • उनीहरूले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गरी आधिकारिक रूपमा आफ्नो निर्णय सार्वजनिक गर्ने योजना बनाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्रको एक समूहले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सहितका वाम दलहरूसँगको एकता प्रक्रियामा सहभागी नहुने घोषणा गर्दै नेकपा एमालेमै फर्कने तयारी गरेको छ। माधवकुमार नेपालसँग माओवादीसहितको एकतामा नगएका र घनश्याम भुसालसँग पार्टी पुनर्गठनमा समेत नलागेका केही नेताहरूले आज पत्रकार सम्मेलनमार्फत यो घोषणा गर्न लागेका हुन्।

नेतृ राम कुमारी झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्दैछ। पूर्वमन्त्री किसान श्रेष्ठले 'एमालेमा फर्कने समूहमा रहेकाहरूको पत्रकार सम्मेलन' हुन लागेको जानकारी दिए।

यो समाचारमा

राम कुमारी झाँक्रीनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
माधवकुमार नेपाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...