सोमबारको गिरावटपछि नेप्से मंगलबार पनि ओरालो, कारोबार रकममा पनि गिरावट

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

19
Share
Featured

काठमाडौँ


सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको नेप्से मंगलबार फेरी २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ३.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक घटेको छ ।

यसदिन कुल ३२२ स्टकको ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ रुपैयाँ बराबरको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता शेयर कारोबार भएको छ । ४६ हजार ८७५ पटकको कारोबारमा उक्त शेयर कारोबार भएको हो । यसअघि सोमबारको कारोबारमा ६ अर्ब ५ करोड रुपैयाँबराबरको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।

यसदिन आजदेखि कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस कम्पनीको शेयरमूल्य यस दिन प्रतिकित्ता ३१.७० रुपैयाँले बढेर ३४९.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस दिन फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस कम्पनीको शेयर मूल्य यसदिन प्रतिकित्ता ८० रुपैयाँले बढेर ९५० रुपैयाँमा कारोबार भएको छ ।

यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर मूल्य सबैभन्दा धेरै २७ करोड रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको करिब साढे २२ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...