कुलमान घिसिङको निर्णयविरुद्ध शाक्य सर्वोच्चमा, आज सुनुवाइ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

24
Share
Featured
  • नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
  • सरकारले शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोग सचिवालयमा विशेष पदमा सरुवा गरेको थियो, जसलाई उनले गैरकानुनी भन्दै चुनौती दिएका छन्।
  • शाक्यमाथि ऊर्जा मन्त्री कुलमान घिसिङले व्यक्तिगत प्रतिशोधका आधारमा हटाएको आरोप लागेको छ; घिसिङले असोज ५ गते मन्त्रिपरिषद्बाट उनको सरुवा गराएका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूलाई प्राधिकरणबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोग सचिवालयमा विशेष पद सिर्जना गरी सरुवा गरेको थियो। शाक्यले उक्त निर्णयलाई गैरकानुनी भन्दै सर्वोच्चमा चुनौती दिएका हुन्।

सोमबार सर्वोच्च अदालतमा दायर गरिएको उनको रिट दर्ता भइसकेको छ भने रिटको प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ।

शाक्यमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले व्यक्तिगत प्रतिशोधका आधारमा हटाएको आरोप लाग्दै आएको छ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्र ११ गतेको मन्त्रिपरिषद् बैठकबाट शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। सोही निर्णयसँगै त्यतिबेला कुलमान घिसिङलाई प्राधिकरणबाट बर्खास्त गरिएको थियो।

तर, जेन-जी आन्दोलनपछि बनेको वर्तमान सरकारमा घिसिङ ऊर्जा मन्त्री बनेका छन्। उनले असोज ५ गतेकै मन्त्रिपरिषद् बैठकबाट शाक्यलाई प्राधिकरणबाट हटाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गराएका थिए।

यो समाचारमा

काठमाडौँहितेन्द्र देव शाक्यकुलमान घिसिङसर्वोच्च अदालत
नेपाल विद्युत प्राधिकरण4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...