यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

28
Share
Featured
  • सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ, जसको निर्णय आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।
  • आन्दोलनका क्रममा ७२ भन्दा बढीको मृत्यु भएको थियो, र सरकारले सहिद परिवार तथा घाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पहिले नै गरिसकेको छ।
  • सहिद घोषितहरू देशका विभिन्न जिल्लाबाट रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्रलयको प्रस्तावमा सहिद घोषणा गरेको हो । 

सो आन्दोलनमा प्रदर्शनकारी, कैदीबन्दी र अन्य गरी ७२ भन्दा बढीको मृत्यु भएको थियो । सरकारले यसअघि जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ । 

सरकारले काठमाडौँको कीर्तिपुर नगरपालिका–२ का बुद्धिबहादुर तामाङ र काठमाडौँ महानगरपालिका–११ का ईस्वतबहादुर अधिकारी, उदयपुरको बेलका नगरपालिका–४ का सन्तोष विश्वकर्मा, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का सुलभराज श्रेष्ठ र आयुष थापा, मोरङको बेलबारी नगरपालिका–११ का श्रीयम चौलागाईँ,कैलालीको धनगढी उपमहानगरपालिका–५ का गौरव जोशी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ का योगबहादुर श्रेष्ठ र चौतारा साँगाचोकग नगरपालिका–८ का उमेश महतलाई सहिद घोषणा गरेको हो । 

यसैगरी को वीरगञ्ज महानगरपालिका–१२ का असहाव आलम ठकुराई, बागलुङको बालगुङ नगरपालिका–४ का सौरनकिशोर श्रेष्ठ, बझाङको खप्तडछान्ना गाउँपालिका–७ का सुभाषकुमार बोहरा र दुर्गाथली गाउँपालिका–१ का भीमराज धामी, काभ्रेपलान्चोकको पनौती नगरपालिका–१० का रसिक खतिवडा खत्री र तेमाल गाउँपालिका–७ का दिलनारायण तामाङ, ललितपुरको ललितपुर महानगरपालिका–७ का विनोद महर्जन, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का योगेन्द्र न्यौपाने, दुधौली नगरपालिका–८ का मिलन राय र तिनपाटन गाउँपालिका–६ का दिपेश सुनुवार पनि सहिद घोषित भएका छन् ।

सरकारले धनकुटाको पाख्रीबास नगरपालिका–२ का छत्रमान कुथुमी, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ का ओझन बुढा, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का सारकुमार राई, नुवाकोटको ककनी गाउँपालिका–१ का शभराज बलामी श्रेष्ठ, पञ्चकन्या गाउँपालिका–२ का लच्छुमान राई र तादी गाउँपालिका–३ का धिरज श्रेष्ठ, सर्लाहीको लालबन्दी नगरपालिका–५ देवकुमार सुवेदी, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ का प्रविण कुलुङ, चितवनको कालिका नगरपालिका–८ का निखिता गौतम, दोलखाको शैलुङ गाउँपालिका–४ का अभिषेक चौलागाईँ र विगु गाउँपालिका–३ का महेश बुढाथोकी, सिरहाको लहान नगरपालिका–१५ का विजय चौधरी तथा बैतडीको दशरथ नगरपालिका–६ का निरज पन्त र शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदलाई सहिद घोषणा गरेको हो । 

त्यसैगरी, सुनसरीको इनरुवा नगरपालिका–६ का अभिषेक श्रेष्ठ, धरान उपमहानगरपालिका–२२ का साजन राई र इटहरी उपमहानगरपालिका–१४ कमा मोहन सरदार, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ का माधव सारु मगर र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ का बिमलबाबु भट्ट, गण्डकी गाउँपालिका–४ का अर्जुन भट्ट र पालुङटार नगरपालिका–२ का अनिश पराजुली, झापाको अर्जुनधारा नगरपालिका–११ ज्ञानिन्द्र सेढाईँ र वडा नं ८ का दिनेश राजवंशी, पाँचथरको हिलिहाङ गाउँपालिका–२ का कमल भण्डारी, कास्कीको रुपा गाउँपालिका–५ का अमृत गुरुङ र दार्चुलाको लेकाम गाउँपालिका–३ का उत्तम थापालाई सहिद घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यो समाचारमा

कीर्तिपुर नगरपालिकाचौतारा साँगाचोकग नगरपालिकाधनगढी उपमहानगरपालिकारुपा गाउँपालिका
मोरङ37 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...