मन्त्री बन्न नपाएका खगेन्द्र सुनारले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरे

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

21
Share
Featured
  • दलित अधिकार अभियन्ता खगेन्द्र सुनारले नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्दै पार्टीको नाम, झन्डा, चुनाव चिन्ह र एजेन्डाबारे सर्वसाधारणबाट सुझाव मागेका छन्।
  • उनले पार्टीमा आबद्ध हुन इच्छुकहरूलाई सम्पर्कमा आउन पनि आह्वान गरेका छन्।
  • यसअघि सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने तयारीमा अन्तिम समयमा सूचीबाट हटाइएको थियो; प्रतिनिधि सभा विघटन र निर्वाचन मिति घोषणा भएपछि नयाँ दल दर्ता गर्ने प्रक्रिया तीव्र भएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने अन्तिम तयारीमा रहेर पनि अन्तिम समयमा सूचीबाट नाम काटिएका दलित अधिकार अभियन्ता खगेन्द्र सुनारले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।

सुनारले सामाजिक सञ्जालमार्फत आफू राजनीतिक दल गठनको तयारीमा रहेको जानकारी दिँदै पार्टीको नाम, झन्डा, चुनाव चिन्ह र एजेन्डाबारे सर्वसाधारणबाट सुझाव मागेका छन्। उनले लेखेका छन्, “हामी राजनीतिक पार्टी निर्माणको तयारीमा जुटिरहेका छौँ। पार्टीको नाम, चुनाव चिह्न, झन्डा, एजेन्डा के कस्तो राख्दा ठीक होला? तपाईंको सुझाव के छ?” साथै, उनले पार्टीमा आबद्ध हुन इच्छुकहरूलाई पनि सम्पर्कमा आउन आग्रह गरेका छन्।

यही कात्तिक ९ गते अन्तरिम सरकारमा मन्त्री बन्ने अन्तिम तयारीमा रहेका सुनारको नाम, मुद्दासम्बन्धी विवाद सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले अन्तिम समयमा उनको नाम सूचीबाट हटाएकी थिइन्।

अन्तरिम सरकार गठनपछि प्रतिनिधि सभा विघटन र आगामी फागुन २१ गते निर्वाचन मिति घोषणा भएपछि नयाँ राजनीतिक दल दर्ता गर्ने क्रम तीव्र बन्दै गएको छ।

यो समाचारमा

काठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...