माइतीघरबाट दुई जना प्रदर्शनकारी पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

12
Share
Featured
  • डा. निकोलस भुसालको नेतृत्वमा प्रदर्शन गर्ने घोषणा भए पनि उनी नआएका अवस्थामा माइतीघरमा प्रदर्शन गर्न पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • प्रदर्शनकारीहरूले सरकारविरोधी नाराबाजी गर्दै जेनजी आन्दोलनको घटनामा केपी शर्मा ओली, रमेश लेखक र छवि रिजाललाई पक्राउ गर्न माग गरेका थिए।
  • पक्राउ परेकाहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

काठमाडौंको माइतीघरमा निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जेनजी आन्दोलनको घटनामा ओली, लेखकसहित काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाललाई पनि पक्राउ गर्नुपर्ने भन्दै केही युवाहरू प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनका कारण माइतीघर क्षेत्रमा केहीबेर सवारी आवागमन अवरुद्ध भएको थियो।

डा. निकोलस भुसालको नेतृत्वमै रहेको समूहले विभिन्न माग राखी आज प्रदर्शन गर्ने घोषणा गरेको थियो । निकोलस भने प्रदर्शनमा आइपुगेका छैनन् ।

माइतीघरमा भेला भएर सरकारविरोधी नारा लगाएपछि उनीहरु पक्राउ परेका हुन् । उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

यो समाचारमा

काठमाडौँखड्गप्रसाद शर्मा ओलीरमेश लेखक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...