काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सूर्य बहादुर थापाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)प्रति आक्रोश व्यक्त गरेका छन्। उनले मेयर शाहले सोसल मीडियामा राखेको विवादास्पद स्ट्याटसको स्क्रिनसट सेयर गर्दै आगामी कदमबारे आलोचना गरेका हुन्।
थापाले मेयरलाई लक्षित गर्दै गाँजा सेवन गर्ने व्यक्तिलाई राजधानीको मेयर बनाउनु गलत भएको उल्लेख गरेका छन् र यस्तो कदम लिनेमाथि कडा आपत्ति जनाएको छन्। उनी देशका सुरक्षात्मक र नैतिक मूल्यहरू रक्षाको आवश्यकतालाई जोड दिँदै यसप्रति सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
थापाको स्ट्याटसमा बालेनले सार्वजनिक गरेको पोस्टमा दुई छिमेकी मुलुक चीन र भारत, अमेरिका र नेपालका मुख्य राजनीतिक दलहरूको नाम उल्लेख गरी तीखो र अशिष्ट भाषा प्रयोग गरिएको र त्यो यकिनरुपमा अनुचित रहेको तर्क गरिएको छ। थापाले त्यो प्रकारको अभिव्यक्तिले सार्वजनिक पदको मर्यादा र कूटनीतिक संवेदनशीलतालाई ठेस पु-याउने पनि बताएका छन्।

थापाले थप टिप्पणी गर्दै, यस्ता अभिव्यक्तिलाई प्रेरित गर्ने र दह्रो समर्थन गर्ने सबैलाई आलोचना गरेका छन् र त्यसलाई ‘अपराधी’ र ‘देशद्रोही’ बताइरहेका छन्। उनले मेयरले प्रकाशन गरेको पोस्ट आफैंले हटाइसकेको भएता पनि त्यसले उत्पन्न गरेको प्रभाव र जिम्मेवारी टुङ्ग्याउन आवश्यक रहेको जोड दिएका छन्।