कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन,महाधिवेशन कार्यतालिकामा जुट्न सकेन सहमति

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १५, शनिबार

15
Share
Featured
  • नेपाली कांग्रेसको पदाधिकारी बैठक महाधिवेशन कार्यतालिकाबारे छलफल गरे पनि कुनै निष्कर्षमा पुग्न सकेन, चुनावअघि वा पछि गर्ने भन्ने विवाद जारी छ।
  • प्रवक्ता प्रकाशशरण महतका अनुसार छलफल सकारात्मक भए पनि निर्णय नहुँदा भोलिदेखि केन्द्रीय समिति बैठक निरन्तर बस्ने तयारी छ।
  • महामन्त्री गगन थापा पुस १६ गते महाधिवेशन गर्ने पक्षमा छन् भने कार्यवाहक सभापति पूर्णबहादुर खड्का र संस्थापन पक्ष चुनावपछि (वैशाखमा) गर्नुपर्ने पक्षमा छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको पदाधिकारी बैठक महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न बसेको थियो तर कुनै निष्कर्षमा पुग्न सकेन। पार्टीको महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विवाद चर्किएपछि यो बैठक बसेको थियो।

प्रवक्ता डा. प्रकाशशरण महतले छलफल सकारात्मक भएको तर कुनै निष्कर्षमा नपुगेको बताए। उनले केन्द्रीय समिति बैठकबाट साझा धारणा बनाएर जानुपर्नेमा जोड दिएको जानकारी दिए। भोलि दिउँसो १ बजेबाट केन्द्रीय समिति बैठक निरन्तर बस्ने उनले बताए।

हिजो महामन्त्री गगन थापाले पुस १६ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बैठकमा पेस गर्ने अडान लिएका थिए। तर, कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सहमति नदिएपछि हिजोको बैठक स्थगित भएको थियो।

महामन्त्री थापा र विश्वप्रकाश शर्माले हिजो खड्कासँग भेट्नुअघि इतर पक्षका नेता डा. सँग पनि भेटेका थिए। संस्थापन पक्षले फागुन २१ को चुनावअघि महाधिवेशन गर्न नसक्ने भन्दै वैशाखमा गर्नुपर्ने पक्षमा छन्।

कार्यतालिकामा सहमति नजुटेपछि महामन्त्री थापाले बिहीबार पनि बैठक नै बहिस्कार गरेका थिए। महामन्त्रीहरूले अडान लिइराखे कावा सभापति खड्काले भने केन्द्रीय समितिले बहुमतको आधारमा निर्णय गर्ने जवाफ दिइसकेका छन्।

यो समाचारमा

पूर्ण बहादुर खड्काकाठमाडौँविश्वप्रकाश शर्मागगन थापा
नेपाली काँग्रेस5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...