गोकुल बास्कोटाद्वारा ओलीको एकता आह्वानप्रति कटाक्ष: 'फुटेपछि एकता सम्झनु वाहियात!'

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १५, शनिबार

23
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सामाजिक सञ्जालमार्फत गरेको एकता–आह्वानप्रति कडा व्यंग्य गरेका छन्। ओलीले शुक्रबार साँझ एमाले छोडेका सबै कार्यकर्ता र नेताहरूलाई पुनः पार्टीमा फर्कन अपिल गरेका थिए।

बास्कोटाले फेसबुकमा लेख्दै ओलीको अपिललाई 'वाहियात' को संज्ञा दिएका छन्। उनले भनेका छन्, "फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर नेपालका वामपन्थी त्यही प्रवृत्तिबाट अभिशप्त छन्। मिसिने तर नमिल्ने – हिन्द र प्रशान्त महासागर जस्ता। कारण – गहिराइको चाप र नेतृत्वको राप।"

बास्कोटाले थप टिप्पणी गर्दै भनेका छन्, "फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु, अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।" उनको यो अभिव्यक्तिले ओलीको एकता आह्वानमाथि पार्टीभित्रैबाट उठेको असन्तुष्टिलाई थप बल पुर्‍याएको छ।

ओलीको आह्वानपछि आएको यो दोस्रो उच्चस्तरीय असन्तुष्ट प्रतिक्रिया हो। यसअघि एमालेबाट निष्कासित नेता भीम रावलले पनि ओलीको वक्तव्यलाई "शब्दजाल र भ्रम फैलाउने चाल" को संज्ञा दिँदै कडा आलोचना गरेका थिए। यी प्रतिक्रियाहरूले एमालेभित्र एकताको विषयमा मतभेद अझै गहिरो रहेको संकेत गर्दछ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीगोकुलप्रसाद बास्कोटानेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...