ओलीको एकता प्रस्तावमा भीम रावलले भने- 'विगतको गल्ती नस्वीकारी एकता सम्भव छैन'

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १५, शनिबार

20
Share
Featured
  • नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकता आह्वानलाई “शब्दजाल र भ्रम फैलाउने प्रयास” भनेर आलोचना गरेका छन्।
  • रावलले ओलीले विगतका गल्ती र कमजोरीबारे आत्मालोचना नगरी एकीकृत समाजवादीका असन्तुष्टलाई फर्काउन खोजेको आरोप लगाए र यसलाई कपटपूर्ण भने।
  • ओलीको आह्वान नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रबीचको सम्भावित एकताको पृष्ठभूमिमा आएको हो, जसले एकीकृत समाजवादी पार्टीभित्र विभाजनको अवस्था सिर्जना गरेको छ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निष्कासित नेता भीम रावलले पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गरेका एकता सम्बन्धी आह्वानलाई 'शब्दजाल र भ्रम फैलाउने प्रयास' को संज्ञा दिएका छन्। एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकताको चर्चा चलिरहेका बेला ओलीले एमाले छोडेका सबैलाई फर्कन गरेको आह्वानप्रति रावलले कडा टिप्पणी गरेका हुन्।

रावलले ओलीले विगतका गल्ती र कमजोरीबारे आत्मालोचना नगरी एकीकृत समाजवादीका असन्तुष्टहरूलाई फकाउन खोजेको आरोप लगाए। उनले सामाजिक सञ्जालमा लेखेका छन्, "विगतका गल्ती र कमीहरूको आत्मालोचना नगरी शब्दजाल र भ्रम फिजाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चालबाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन।"

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावलले भदौ २३ र २४ गतेका घटनामा राष्ट्रले व्यहोरेको क्षतिको नैतिक जिम्मेवारी ओलीले लिनुपर्ने बताए। उनले ओलीको आह्वानलाई कपटपूर्ण भन्दै यदि साँच्चिकै एमालेलाई बलियो बनाउन चाहेको भए पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृत सदस्यतामाथि लगाइएको रोक हटाउनुपर्ने प्रश्न उठाए।

ओलीले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत पार्टी छोडेका सबै कार्यकर्ता र नेताहरूलाई पुनः एकजुट हुन आह्वान गरेका थिए। यो आह्वान नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेसँगै आएको हो, जसले एकीकृत समाजवादी पार्टीमा विभाजनको अवस्था सिर्जना गरेको छ।

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भीम रावलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)खड्गप्रसाद शर्मा ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...