सबैभन्दा बढी वर्षासुन्दरहरैंचामा २५२.४ मिमि वर्षा, पूर्वमा सतर्कता अपनाउन आग्रह

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १५, शनिबार

28
Share
Featured
  • मोन्था चक्रवातको प्रभावले पूर्वी नेपालमा लगातार वर्षा भइरहेको छ; मोरङको सुन्दरहरैंचामा मात्रै शुक्रबार २५२.४ मि.मि. वर्षा रेकर्ड भएको छ, जुन “अति धेरै भारी वर्षा” स्तरमा पर्छ।
  • पछिल्लो २४ घण्टामा झापा, इलाम, गोरखा, सप्तरी, उदयपुर, मनाङ, सुनसरी, नुवाकोट र लमजुङ लगायतका जिल्लामा पनि ठूलो मात्रामा वर्षा भएको छ।
  • जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशका नदी किनार तथा पहाडी क्षेत्रमा बाढी, डुबान र भूस्खलनको जोखिम भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मोन्था चक्रवातका कारण पूर्वी नेपालका विभिन्न जिल्लामा लगातार वर्षा भइरहेको छ। शुक्रबार मात्रै मोरङको सुन्दरहरैंचामा २५२.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। विभागका अनुसार यो “अति धेरै भारी वर्षा” को स्तरमा पर्छ।

कायस्थका अनुसार वर्षा अझै जारी रहेकाले विशेषगरी कोशी प्रदेशका जिल्लाहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागका पछिल्ला विवरणअनुसार पछिल्लो २४ घण्टामा झापामा १७५ मिलिमिटर, इलाममा १५८ मिलिमिटर र गोरखामा १९० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। त्यस्तै सप्तरीमा १५६, उदयपुरमा १०२, मनाङमा ११५, सुनसरीमा ८२, नुवाकोटमा ८९ र लमजुङमा ८२ मिलिमिटर वर्षा भएको छ।

विभागका अनुसार शुक्रबार राति पौने ११ बजेसम्मको मापनमा पूर्वी र केही मधेश प्रदेशमा वर्षा केन्द्रीत भएको छ। विभागले भूस्खलन, बाढी र नदीनालामा पानीको बहाव बढ्ने सम्भावना भएकाले पूर्वका नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

यो समाचारमा

सुनसरीमनाङइलाममोरङ
मधेश प्रदेश12 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...