झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

Author

सजिलो पत्रिका

२०८३ असार २९, सोमबार

8
Share
Featured

  • झापाको बुद्धशान्ती गाउँपालिकाका ५ अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन्।
  • लालपुर्जा पाएपछि उनीहरू सम्बन्धित जग्गाका कानुनी स्वामित्वधारी बनेका छन्।
  • सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण अभियान देशभर निरन्तर अघि बढाइरहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिकामा अव्यवस्थित बसोबास गर्दै आएका ५ परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले ती परिवारलाई लालपुर्जा वितरण गर्दै उनीहरूको लामो समयदेखिको जग्गा स्वामित्वको समस्या समाधानतर्फ अर्को कदम चालेको हो ।

समितिका अनुसार वितरण गरिएका जग्गामध्ये केही आवास निर्माणका लागि उपयुक्त छन् भने केही कृषि प्रयोजनका लागि उपलब्ध गराइएको छ। लालपुर्जा प्राप्त गरेसँगै लाभग्राही परिवारहरू कानुनी रूपमा सम्बन्धित जग्गाका आधिकारिक धनी बनेका छन् ।

वर्षौंदेखि आफ्नै नाममा जग्गाको स्वामित्व नहुँदा विभिन्न प्रशासनिक तथा आर्थिक सेवाबाट वञ्चित हुँदै आएका स्थानीयले अब कानुनी मान्यता प्राप्त गरेपछि राहत महसुस गरेका छन् ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण अभियानलाई तीव्र बनाएको छ। यसअघि बर्दियाको बढैयाताल गाउँपालिकामा पनि २९ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको थियो ।

सरकारको दीर्घकालीन योजनाअनुसार भूमिसम्बन्धी समस्या समाधान गर्दै भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गर्ने अभियान आगामी दिनमा पनि निरन्तर अघि बढाइने जनाइएको छ ।

यो समाचारमा

बढैयाताल गाउँपालिकाझापाबर्दिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...