प्रधानमन्त्रीको बोली फेरियो, मन्त्रालय परिवर्तन गरिएपछि आफूले मन्त्री पद अस्वीकार गरे गणपतिलाल श्रेष्ठ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०९, आइतबार

44
Share
Featured

सुरुमा संस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व दिने भनिएको थियो। 

पछि आफूलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेपछि आफूले अस्वीकार गरेको उनको भनाइ  

समाचार सारांशGenerated using AI.

काठमाडौँ । गणपतिलाल श्रेष्ठले मन्त्रालय परिवर्तन गरिएपछि आफूले मन्त्री पद अस्वीकार गरेको बताएका छन् ।

श्रेष्ठका अनुसार, उनलाई सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व दिने भनिएको थियो तर, पछि आफूलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेपछि आफूले अस्वीकार गरेको उनको भनाइ

उनले शनिबार (कात्तिक गते) प्रधानमन्त्रीले नै आफूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि तयारी गर्न भनेको पनि दाबी गरेका छन् तर, अचानक आफूलाई जानकारी नदिई मन्त्रालय फेरिएको उनको आरोप

आइतबार साँझ एक विज्ञप्तिमार्फत श्रेष्ठले आफूलाई गृहमन्त्रीले ठूलै शक्ति लागेको बताएको पनि दाबी गरेका छन्

"...केही समयपछि गृहमन्त्रीज्यूले आफूलाई फोन गरेको उहाँले तपाईंविरुद्ध ठूलै शक्ति लागेको प्रधानमन्त्रीज्यूलाई भेट्न सुझाव दिएको सो पश्चात् प्रधानमन्त्री सचिवालयमा फोन गरेको सो पछि सम्माननीयज्यूलाई भेटी आफूलाई जानकारी नै नदिई के आधारमा मन्त्रालय हेरफेर गर्नुभएको भनी सोधेको आफू मन्त्री बन्नका लागि नआएको तर आफ्नो विज्ञताले योगदान दिन यो संकटमा देशका लागि लामो समय संघर्ष गरेको नागरिकको हिसाबले सेवा गर्न आएको हो भनी बताएको थिएँ सो पछि उहाँले मैले अरूलाई वचन दिइसकेको जानकारी गराउनुभयो मैले हिजो बेलुका मलाई दिनुभएको वचन चाहिँ के ? भनी प्रश्न गर्दा उहाँले कुनै जवाफ नदिई अर्को तिर हेर्नुभयो," विज्ञप्तिमा भनिएको

 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...