पहिलो त्रैमासको वैदेशिक व्यापार : विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १९.७९ र निर्यात ८९.६४ प्रतिशतले बढ्यो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०९, आइतबार

25
Share
Featured

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा चार खर्ब ६८ अर्ब आठ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.७९ प्रतिशतले वस्तु तथा सेवा आयात वृद्धि भएको हो । 

२०८१/८२ को पहिलो त्रैमासमा तीन खर्ब ९० अर्ब ७५ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको थियो  

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यात ८९.६४ प्रतिशतले बढेको भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको गएको वर्षको यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैयाँबराबरको निर्यात भएको थियो  

पहिलो त्रैमासमा नेपालले कुल पाँच खर्ब ४० अर्ब ८६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो  

समीक्षा अवधिमा १२.१८ प्रतिशतले व्यापार घाटा बढेको चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा तीन खर्ब ९५ अर्ब व्यापार घाटा देखिएको अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा तीन खर्ब ५२ अर्ब रुपैयाँ थियो

चालु आर्थिक वर्षको समीक्षा अवधिमा आयाततर्फ नेपालले पेट्रोलियम पदार्थको आयातमा ६६ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको निर्याततर्फ चालु आवको समीक्षा अवधिमा ३० अर्ब ६९ करोड रुपैयाँबराबरको सोयाविन तेल निर्यात गरेको

 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...