जेनजी आन्दोलनका दोषीलाई सार्वजनिक गर्न एमाले युवा नेताहरूको सरकारसँग माग

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०९, आइतबार

16
Share
Featured
  • एमालेका युवा नेताहरूले भदौ २३–२४ गतेको जेनजी प्रदर्शनमा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरू पक्राउ परेका विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
  • नेताहरूले लुटिएका हातहतियार, गोलीगठ्ठा, सरकारी/निजी घरमा आगजनी वा लुटपाट गर्ने व्यक्तिहरूको विवरण समेत सार्वजनिक गर्न आग्रह गरेका छन्।
  • विज्ञप्तिमा भनिएको छ कि प्रत्येक मुद्दा र पक्राउ परेका व्यक्तिको विवरण दैनिक रूपमा सार्वजनिक गरिनुपर्छ, जसले अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न मद्दत गर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेताहरूले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

एमाले केन्द्रीय सदस्य तथा निवर्तमान मन्त्री भगवती न्यौपाने, पोलिटब्यूरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरू पार्वती रावल, अइन्द्रसुन्दर नेम्वाङ, गोविन्द थापा र एमाले शिक्षा विभाग सदस्य डा सुन्दरी पोखरेलले शनिबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा संलग्नमध्ये हालसम्म पक्राउ परेका र हालसम्म मुद्दा दायर गरिएकाको विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।

नेताहरूले लुटेका हातहतियार र गोलीगठ्ठा कति सङ्ख्यामा बरामद गरिन्छन्, सोको विवरणसहित सरकारी तथा निजी घरमा आगजनी गर्ने, लुटपाट गर्ने व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। विज्ञप्तिमा भनिएको छ, "प्रदर्शनमा अशान्ति फैलाउने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड तथा आगजनी गर्ने विभिन्न व्यक्तिलाई पक्राउ गरिएको तथा निजहरूविरुद्ध मुद्दा चलाइएको बारे सम्पूर्ण विवरण दैनिक सार्वजनिक गर्नुहोस्।"

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)भगवती न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...