आज पनि तिहारको बिदा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०७, शुक्रबार

20
Share
Featured
  • तिहार बिहीबार सकिए पनि सरकारले शुक्रबार पनि तिहारकै नाममा बिदा दिएको छ, जसले गर्दा यो वर्ष तिहारको बिदा पाँच दिनको भएको छ।
  • लामो बिदाका कारण सरकारी कार्यालयका काम प्रभावित हुने र सेवाग्राहीले कठिनाइ भोग्ने चिन्ता व्यक्त गरिएको छ।
  • सोमबारसम्म सरकारी कार्यालय बन्द रहनेछ र आइतबार खुले पनि सोमबार छठ पर्वका कारण पुनः बिदा पर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

तिहार बिहीबार नै सम्पन्न भए पनि शुक्रबार सरकारी बिदा बाँकी नै छ। सरकारले शुक्रबार पनि तिहार कै नाममा बिदा दिएको हो।

गृह मन्त्रलयले प्रकाशन गरेको राजपत्रमै पनि यो वर्ष कात्तिक ३ देखि ७ गते शुक्रबारसम्म तिहार बिदा उल्लेख छ। तिथि घटबढका कारण यो वर्ष लक्ष्मीपूजा र भाइ टीकाकै बिचमा पनि एक दिन बिदा थपिएको थियो। यससँगै यो वर्ष तिहारको बिदा पाँच दिनको भएको छ। 

लामो सरकारी बिदाका कारण सरकारी कार्यालयका काम प्रभावित हुने र सेवाग्राहीले कठिनाइ भोग्नुपर्ने भन्दै विरोध हुने गरे पनि सरकारले तिहारका नाममा अनावश्यक बिदा दिएको हो। सोमबारदेखि बन्द सरकारी कार्यालय एक सातापछि आइतबार मात्र खुल्नेछन्। आइतबार खुले पनि सोमबार मिथिलाञ्चलको महान् पर्व छठ परेको छ। यो दिन पनि सार्वजनिक बिदा छ।

केही वर्षअघि तिथिकै घटबढका कारण विभिन्न समुदायले छुट्टाछुट्टै दिन भाइटीका मनाएपछि सरकारले पछाडि एक दिन बिदा दिन शुरु गरेको थियो। तर केही पर्व नपरे पनि बिदा दिने क्रम भने रोकिएको छैन।  

यो समाचारमा

काठमाडौँतिहारगृह मन्त्रलयभाइ टीका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...