गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद हुँदा पनि ओलीमा पश्‍चाताप देखीएन :प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ असोज ३०, बिहिबार १९:१०

21
Share
Featured

तीन प्रमुख पार्टीमध्ये माओवादी नम्बर एकमा आउन सक्छ भन्ने आँकलन भइरहेका छन्,’ उनले अगाडि भनेका छन् ।

समाचार सारांशGenerated using AI.

चितवन, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले जेन–जी युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण रहेको बताएका छन् ।

तर उक्त आन्दोलनलाई लिएर तत्कालीन सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलता नअपनाउँदा हिंसात्मक बनेको उनले बताएका छन् ।

बिहीबार चितवनमा नेता तथा कार्यकर्तासँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर, सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो’, उनले भने, ‘गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रचण्डले विगतका गल्तीहरूबाट कुनै आत्मसमीक्षा नभएको उल्लेख गरे । ‘उनकै कारण यति धेरै जनधनको अत्यधिक क्षति भयो । तर, आज पनि कुनै पश्चाताप छैन’, उनले भने ।

  ‘राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू, अन्तर्राष्ट्रिय समुदाय सबैले निर्वाचन नै अबको प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन् । जनताले पनि परिवर्तनको मार्ग निर्वाचनमार्फत रोज्ने छन्,’ उनले भने ।

संसद् पुनःस्थापना हुनसक्ने भए पनि उक्त एजेन्डा अब गौण बनिसकेको उनले बताए । ‘एमाले बाहेकका सबै दलहरू निर्वाचनमा जान सहमत भइसकेका छन्’, उनले भने, ‘एमालेभित्र पनि बहुमत चुनावका पक्षमा छन् । ढिलोछिटो सबै दल चुनावमा जान्छन् ।’

तीन प्रमुख पार्टीमध्ये माओवादी नम्बर एकमा आउन सक्छ भन्ने आँकलन भइरहेका छन्,’ उनले अगाडि भनेका छन् ।

यो समाचारमा

पुष्पकमल दाहालनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)चितवन

ट्यागहरू

#नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र#चितवन राष्ट्रिय निकुञ्ज#नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँ#नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन#नेकपा माओवादी केन्द्र#'जेनजि' पुस्ता#पुष्पकमल दाहाल#जेन-जी पुस्ता#चितवन#जेनजी आन्दोलन#जेनजी पुस्ता#नेकपा माओवादी केन्द्रका सांसद#जेन-जी आन्दोलन#पुष्पकमल दाहाल प्रचण्ड#जेनजी -Gen Z _] पुस्ताले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू