जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता

Author

सजिलो पत्रिका

२०८२ असोज ३०, बिहिबार

20
Share
Featured

उनीमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले उनको प्रदेश सांसद पद निलम्बन भएको पुष्टि गरेका छन्। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ का दफा १७ र १९, साथै संविधानको धारा १८७(६) अनुसार सिंह स्वतः निलम्बनमा परेका हुन्।

समाचार सारांशGenerated using AI.

सर्लाहीजनता समाजवादी पार्टी(जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन् । सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले उनलाई बिहीबार साँझ काठमाडौँ महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको हो ।

आयोगले विशेष अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी गरी सिंहलाई नियन्त्रणमा लिएको बताइएको छ। उनीमाथि विकास कोषका योजनाबाट नक्कली उपभोक्ता समिति बनाएर रकम हिनामिना गरेको अभियोग छ । आयोगले उनलाई आजै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ ।

आयोगले उनिसहित १६ जना विरुद्व मुद्दा दायर गरेको छ । गत २९ जेठमा पनि सिंहलाई अनामनगरबाट पक्राउ गरी बयान लिएर तारेखमा छाडिएको थियो । तर, पछिल्लो अनुसन्धानमा उनले उपभोक्ता समितिहरूको नाममा कोषको रकम जम्मा गरी सो रकमबाट करिब ३७ प्रतिशत कमिसन आफ्नै र श्रीमतीको बैंक खातामा सारेको प्रमाण फेला परेको आयोगको दाबी  छ ।

उनले आफ्ना निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत रकम हिनामिना गरेको पाइएको छ। आयोगले कायस्थलाई गत १२ असोजमा पक्राउ गरेको थियो। अब आयोगले दुवैजनासँगै सो प्रकरणमा संलग्न अन्य उपभोक्ता समितिका पदाधिकारीहरूमाथि पनि भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको छ। महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सिंह पूर्व गृह राज्यमन्त्री (आन्तरिक मामिला) समेत हुन् ।

उनीमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले उनको प्रदेश सांसद पद निलम्बन भएको पुष्टि गरेका छन्। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ का दफा १७ र १९, साथै संविधानको धारा १८७(६) अनुसार सिंह स्वतः निलम्बनमा परेका हुन्।

सिंहको निलम्बनसँगै मधेस प्रदेशसभामा निलम्बित सांसदको संख्या तीन पुगेको छ। यसअघि नेकपा एमालेका सांसद दीपेन्द्र ठाकुर भ्रष्टाचार मुद्दामा र अर्का सांसद मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा जन्मकैद सजाय पाएपछि निलम्बनमा परेका थिए। अख्तियारले यो प्रकरणमा थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्तिहरूमाथि पनि कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।


यो समाचारमा

नेपालसर्लाहीजनता समाजवादी पार्टीकाठमाडौँ महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...