सभामुखको सर्वदलीय बैठकमा ४ दल अनुपस्थित

Author

सजिलो पत्रिका

२०८२ असोज २९, बुधबार

28
Share
Featured
  • सभामुख देवराज घिमिरेको आह्वानमा बसेको सर्वदलीय बैठकमा १० दलमध्ये ४ दल अनुपस्थित भए: रास्वपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी।
  • बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सहभागी थिए।
  • बैठकमा संसद विघटनको अवस्थामा अगाडि बढ्ने रणनीतिबारे छलफल भइरहेको थियो; अनुपस्थित दलहरूको कारण खुलाइएको छैन।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ। 

सभामुख देवराज घिमिरेको आह्वानमा बसेको सर्वदलीय बैठकमा १० राजनीतिक दलमध्ये ४ दल अनुपस्थित भएका छन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, जनमत पार्टीनागरिक उन्मुक्ति पार्टी सहभागी भएनन्।

सभामुखका प्रेसविज्ञ शेखर अधिकारीका अनुसार, १० दलको बैठक बोलाइएकोमा ६ दलका प्रतिनिधि मात्रै उपस्थित भएका थिए। बैठकमानेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, र जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सहभागी थिए।

छलफलमा उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका पूर्व प्रमुख सचेतक श्याम कुमार घिमिरे, नेकपा (एमाले) का पूर्व प्रमुख सचेतक महेश कुमार वर्तौला, नेकपा माओवादी केन्द्रका पूर्व प्रमुख सचेतक हित राज पाण्डेको उपस्थिति थियो।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सचेतक ज्ञानेन्द्र शाही, जनमत पार्टीकी पूर्व प्रमुख सचेतक अनिताकुमारी साह, जनता समाजवादी पार्टीकी पूर्व प्रमुख सचेतक रेखा यादव, संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलगायत डेढ दर्जन व्यक्तिको सहभागिता रहेको थियो।

बैठकमा संसद विघटन भएको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको सहभागी नेताहरुले बताएका छन्। अनुपस्थित दलहरूको कारणबारे भने केही खुलाइएको छैन।

यो समाचारमा

नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)इन्दिरा रानामगरराष्ट्रिय स्वतन्त्र पार्टी
श्याम कुमार घिमिरे12 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...