मधेस प्रदेशमा कांग्रेस-एमाले बाहिर राखेर ५ दलीय गठबन्धनको सरकार बन्ने

Author

सजिलो पत्रिका

२०८२ असोज २९, बुधबार

14
Share
Featured
  • मधेस प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेलाई बाहिर राखेर पाँच दलीय गठबन्धन सरकार गठन हुने सहमति जुटेको छ; लोसपा संसदीय दलका नेता जितेन्द्र सोनल नेतृत्वमा सरकार बन्नेछ।
  • गठबन्धनमा लोसपा, जसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमत पार्टी रहेका छन्, जसले ५७ सिटसहित बहुमत हासिल गरेको छ।
  • यसअघि जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका थिए; नयाँ गठबन्धनसँगै मधेस प्रदेशमा राजनीतिक समीकरण परिवर्तन भएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ। 

मधेश प्रदेशमा नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई बाहिर राखेर नयाँ सरकार गठनको सहमति जुटेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार गठन गर्ने सहमति भएको हो।

यो गठबन्धनमा लोसपा, जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनमत पार्टी रहेका छन्। माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले नेपालखबरलाई जानकारी दिँदै ५६ सांसदको बहुमत जुटाइसकेको र अहिले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न जान लागेको बताए।

मधेस प्रदेश सभामा जसपाका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९ तथा नेकपा एकीकृत समाजवादीको ७ सिट रहेको छ। यसरी कुल ५७ सिटसहित यो गठबन्धनले बहुमत पुर्‍याएको छ।

प्रदेश सभामा एमालेको २५ र कांग्रेसको २२ सिट छ। नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका प्रदेश सभामा १–१ सिट रहेको छ।

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिश कुमार सिंहले मंगलबार राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो। यस सहमतिसँगै मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेको छ।

यो समाचारमा

जनता समाजवादी पार्टीकाठमाडौँनेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)
सतिश कुमार सिंह6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...