आज ओमानविरुद्धको खेल जिते नेपाल विश्वकपमा छनौट हुने

Author

सजिलो पत्रिका

२०८२ असोज २९, बुधबार

22
Share
Featured
  • नेपाल आज राति ८:४५ बजे ओमानविरुद्ध टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनौटको सुपर सिक्स अन्तर्गत तेस्रो खेल खेल्दैछ; जित हासिल गरेमा नेपाल २०२६ को विश्वकपका लागि छनोट हुनेछ।
  • नेपालले सुपर सिक्समा युएईलाई १ रनले र कतारलाई ५ रनले पराजित गरेको छ, जबकि ओमानले पनि युएई र कतार दुवैलाई हराएको छ।
  • अंकतालिकामा ओमान शीर्षमा र नेपाल दोस्रो स्थानमा छन्; नेपालको अर्को खेल शुक्रबार सामोआविरुद्ध हुनेछ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ। 

नेपालले ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज सुपर सिक्सको तेस्रो खेलमा आज आयोजक ओमानविरुद्ध खेल्दैछ । नेपाल र ओमानविरूद्धको यो खेल नेपाली समय अनुसार राति ८:४५ बजेदेखि शुरु हुदैछ ।

त्यस्तै सुपर सिक्सको अर्को खेलमा आज जापानकतारबीच पनि खेल हुदैछ । यो खेल विहान ११: ४५ बजेदेखि हुदैछ भने अर्को खेल युएई र सामाओबीच दिउसो ४: १५ बजेदेखि खेल हुदैछ ।

नेपालले आज ओमानविरुद्ध जित हासिल गरेमा २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनौट हुने छ । सुपर सिक्समा नेपालले पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो भने कतारविरुद्ध ५ रनको जित हासिल गरेको थियो । त्यस्तै ओमानले सुपर सिक्समा युएई र कतारलाई नै पराजित गरेको छ । हाल अंकतालिकामा ओमान रनरेटको आधारमा शिर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ ।

नेपालले यो खेलपछि शुक्रबार सामोआसँग खेल्ने तालिका रहेको छ । विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमानमा रहेको छ । टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झासोमपाल कामीरहेका छन् ।

यो समाचारमा

ओमानकतारगुल्शन झाजापान
नेपाल11 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...