राष्ट्रपति पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरु सहभागी

Author

सजिलो पत्रिका

२०८२ असोज २४, शुक्रबार

24
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
  • बैठकमा अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र सबै मन्त्रीहरू सहित प्रमुख दलका शीर्ष नेता सहभागी भएका छन्।
  • संसदमा प्रतिनिधित्व गरेका सबै दलका प्रतिनिधिहरूको उपस्थिति रह्यो, जसमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहित अन्य दलका नेता सहभागी थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा शीर्ष नेताहरु सहभागी भएका छन् ।

आगामी निर्वाचनलगायत विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले सरकार र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाएका थिए। बैठकमा अन्तरिमा सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबैमन्त्री सहभागी हुनुभएको राष्ट्रपति सचिवालयले जनाएको छ ।

बैठकमा कांग्रेसबाट उपसभापति पूर्ण बहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, सचिव बर्षामान पुन सहभागी भए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र  महासचिव धनश्याम भुषाल सहभागी भए ।

त्यस्तै जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा.जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती,जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी सहभागी भए ।


यो समाचारमा

शंकर पोखरेलरामचन्द्र पौडेलनारायण काजी श्रेष्ठसुशीला कार्की
पूर्ण बहादुर खड्का5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...