तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

Author

सजिलो पत्रिका

२०८२ असोज २४, शुक्रबार

28
Share
Featured
  • काठमाडौं महानगरपालिकाले तिहार लक्षित फूल तथा माला बिक्रीका लागि ३२ वटा बिक्री स्थल तोकेको छ।
  • स्थानीय किसान र व्यवसायीले नेपाली फूल बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ, जसले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।
  • सुरक्षा र सहजीकरणका लागि महानगर प्रहरी बल तैनाथ गरिएको छ र सम्पर्क नम्बरहरू सार्वजनिक गरिएको छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

तिहारको समयमा फूल तथा माला बिक्री वितरण सहज बनाउन काठमाडौँ महानगरपालिकाले ३२ ओटा विक्री स्थल तोकेको छ । महानगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै फूल बजार व्यवस्थापन, विदेशी फूलको आयात नियमन तथा फूल बिक्री कक्ष सञ्चालनबारे जानकारी दिइएको हो ।

महानगरका अनुसार नयाँ बानेश्वर, चावहिल, माछापोखरी, कालिमाटी, स्वयम्भू, कमलादी, अनामनगर, टेवाल, सुन्धारा, न्यूप्लाजा लगायत ३० भन्दा बढी स्थानहरूमा नेपाली फूल तथा माला बिक्रीका लागि व्यवस्था मिलाइएको छ ।

फूल बिक्री कक्षमा स्थानीय किसान तथा व्यवसायीहरूले नेपाली फूल र माला बिक्री गर्न सक्नेछन् । यसबाट स्वदेशी उत्पादनको प्रवद्र्धन हुने विश्वास गरिएको छ ।

विभिन्न स्थानहरूमा जिम्मेवार व्यक्ति र सम्पर्क नम्बर तोकिएको छ, जसमा एन.बी. सेन्टर नयाँ बानेश्वरमा आकृति श्रेष्ठ आइप्लेक्स मलमा शिशिर पोखरेल, मध्य बानेश्वरमा सपना सिजापती, चावहिल गणेशस्थानमा अज्जव श्रेष्ठ, बत्तिसपुतलीमा सुरज थापा रहेका छन् ।

महानगर प्रहरी बलमार्फत आवश्यक सुरक्षाको समेत व्यवस्था मिलाइएको छ । सहजिकरणका लागि महानगर प्रहरी बलका सम्पर्क नम्बरहरू ०१–५९०१७६३, ०१–५९०१७६४ र मोबाइल ९८५१३५५५०९ सार्वजनिक गरिएको छ ।


यो समाचारमा

काठमाडौँ महानगरपालिकातिहारकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...