दसैँपछि काठमाडौँ उपत्यकामा यात्रु र सवारीसाधनको बढ्यो चाप

Author

सजिलो पत्रिका

२०८२ असोज २४, शुक्रबार

16
Share
Featured
  • दसैँ सकिएसँगै गाउँघर गएका नागरिक फर्किन थालेपछि काठमाडौँ उपत्यकामा सवारीसाधन र यात्रुको चाप बढ्दो।
  • असोज १७ देखि २२ गतेसम्म १ लाख ५५ हजारभन्दा बढी व्यक्ति उपत्यका भित्रिएका; दसैँ अघि ८ लाख ६८ हजारभन्दा बढी बाहिरिएका थिए।
  • मानिसहरू रोजगारी, अध्ययन र व्यापारका लागि राजधानी फर्किएपछि मन्त्रालय, कार्यालय, पसल र संघसंस्था पुनः सक्रिय बन्दै गएका।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दसैँ सकिएसँगै काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ। दसैँ मनाउन गाउँघर गएका नागरिक अहिले पुनः काठमाडौँ उपत्यका फर्किन थालेपछि यहाँका प्रमुख नाका र सडकमा चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, दसैँको भोलिपल्ट अर्थात् असोज १७ गतेदेखि हिजो बुधबार साँझसम्म काठमाडौँ उपत्यकामा कुल एक लाख ५५ हजार ६९७ जना भित्रिएका छन्। उनले दसैँ सकिएको र बाढीपहिरो तथा वर्षात्ले अवरुद्ध राजमार्ग पनि सञ्चालन भएकाले राजमार्गहरूमा सवारीसाधनको सङ्ख्या बाक्लिँदै गएको बताए।

प्रवक्ता सुवेदीले दिएको तथ्याङ्कअनुसार, असोज १७ गते ११ हजार ९५५ जना, १८ गते दुई हजार ६४८ जना, १९ गते १६ हजार ६९४ जना, २० गते ४० हजार ८७७ जना, २१ गते ६७ हजार ६९२ जना र २२ गते १५ हजार ८३१ जना उपत्यका भित्रिएका छन्।

दसैँका लागि काठमाडौँ उपत्यकाबाट आठ लाख ६८ हजार ७२ जना बाहिरिएका थिए। हिजोआज काठमाडौँ प्रवेश गर्ने नाकाहरू विशेषगरी नागढुङ्गा, फर्पिङ, साँगाचोक, बलम्बु, जगातिलगायत स्थानमा दैनिक हजारौँको सङ्ख्यामा यात्रु तथा सयौँको सङ्ख्यामा सवारीसाधन उपत्यका भित्रिने र बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ।

दसैँ मनाएर फर्किनेमध्ये प्रायः रोजगारी, अध्ययन वा व्यापारका सिलसिलामा राजधानी फर्किने रहेका प्रहरीले जनाएको छ। दसैँको बिदापछि अहिले काठमाडौँको जनजीवन पुनः सक्रिय भएको छ भने मन्त्रालय, कार्यालय, पसल तथा अन्य सङ्घसंस्था क्रमशः सञ्चालनमा आएका छन्।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...