बर्तौलाद्वारा गृहमन्त्री अर्यालमाथि 'जेन-जी आन्दोलनमा घुसपैठ र हिंसा भड्काएको' आरोप

Author

सजिलो पत्रिका

२०८२ असोज २३, बिहिबार

24
Share
Featured
  • UML leader Mahesh Bartwal accused Home Minister Om Prakash Aryal of being the “mastermind” behind crimes against the state and demanded his immediate arrest.
  • Bartwal claimed Aryal orchestrated infiltration and violence during Generation Z’s peaceful protests, misused weapons, and directed attacks on key state institutions.
  • Bartwal urged the government to dismiss Aryal from his post, arrest him for state crimes, and initiate an impartial investigation.
समाचार सारांशGenerated using AI.

काठमाडौँ  

नेकपा एमालेका नेता तथा निवर्तमान सचेतक महेश कुमार वर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि गम्भीर आरोप लगाउँदै तत्काल गिरफ्तार गर्नुपर्ने माग गरेका छन्। उनले गृहमन्त्री अर्याललाई "राज्यविरुद्धको अपराधका योजनाकार" भएको आरोप लगाएका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बर्तौलाले भनेका छन्, "प्रहरीबाट लुटिएका हतियारहरू (बन्दुक र गोली) कहाँ र कोसँग छन् भन्ने जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिशत रूपमा छ। भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागका साथ जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनियोजित घुसपैठ गरि हिंसा र विध्वंस मच्चाउने कामका उनी चौबीसै क्यारेटका स्टेकहोल्डर हुन्।"

बर्तौलाले गृहमन्त्री अर्यालमाथि सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार आयोग र प्रहरी चौकीहरूमा आगो लगाउने काम नेपाल राष्ट्रविरुद्ध निर्देशित योजनाका अंश भएको र त्यसको नक्साकार अर्याल स्वयं भएको आरोप पनि लगाए। उनले गृहमन्त्रीले पदभार ग्रहण गरेलगत्तै फौजदारी अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही नगर्न लिखित निर्देशन दिएको र पर्याप्त प्रमाण हुँदा पनि दोषीमाथि कारबाही नगर्नु गम्भीर आपराधिक आचरण भएको दाबी गरे।

बर्तौलाले गृहमन्त्री अर्याललाई तत्काल पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा पक्राउ गरी निष्पक्ष अनुसन्धान सुरु गर्न सरकारसँग माग गरेका छन्।

यो समाचारमा

सिंहदरवारओमप्रकाश अर्यालसर्वोच्च अदालतमहेश कुमार वर्तौला
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

    काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको अन्तिम सूची सार्वजनिक गरेको छ। गुठीले प्राप्त २९८ पुस्तकमध्येबाट छनोट गरिएका यी कृतिमध्ये एकलाई वर्ष २०८२ को प्रतिष्ठित मदन पुरस्कार प्रदान गरिने जनाएको छ। अन्तिम सूचीमा परेका कृतिहरूमा पाँचवटा उपन्यास छन्। यसैगरी एउटा कथासंग्रह र एउटा कवितासंग्रह छन्।

    Data is loading...

    Loading brands...

    Loading footer...