बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी

Author

सजिलो पत्रिका

२०८२ असोज २३, बिहिबार

21
Share
Featured
  • असोज १७–१९ गतेको वर्षाले बगाएको रोशी खोला नजिकको बिपी राजमार्गको निर्माण कार्य आज (वा भोलि बिहानसम्म) सक्ने तयारीमा छ।
  • सडक बगेको स्थानमा डाइभर्सन बनाइ एकतर्फी यातायात सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
  • काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक बगाएको ठाउँको मरम्मत र अस्थायी सडक निर्माण काम दुवै तर्फबाट भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।  

असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माण कार्य आज सकिने भएको छ । 

बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए । 

आफूले बाढीले क्षति पु¥याएको काभ्रेपलान्चोकको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको बताउँदै न्यौपानेले चौकिडाँडा र नेपालथोकका ठुला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको बताए । सम्भवतः भोलि साँझसम्म, नभए पनि पर्सी बिहानसम्म एकतर्फी सवारी सञ्चालन हुने उनले बताए । 

बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँ ठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवै तर्फबाट निर्माणको काम भइरहेको छ । रोशीखोलाको पानीलाई सडक बगाएको ठाउँबाट डाइभर्ट गरी खोलाले बगाएको ठाउँ पुरेर सडक बनाउने काम भइरहेको छ ।

यो समाचारमा

काठमाडौँसिन्धुलीकाभ्रेपलान्चोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...