माइतीघरमा बालेन र सुदनविरुद्ध ब्यानर, ओली र बस्नेतको ब्यानर हटाइयो

Author

सजिलो पत्रिका

२०८२ असोज २२, बुधबार

16
Share
Featured
  • माइतीघर मण्डलामा राजनीतिक ब्यानर विवाद चर्किएको छ — जेनजी समूहले टाँसेका केही नेताहरूविरुद्धका ब्यानर हटाइएपछि नयाँ ब्यानर टाँगिएको हो।
  • केपी शर्मा ओली र महेश बस्नेतको तस्वीरसहितको ब्यानर हटाइएपछि अर्को समूहले मेयर बालेन साह र सुदन गुरुङलाई ‘हिंस्रक, हत्यारा, विदेशी दलाल’ लेखिएको नयाँ ब्यानर टाँगेको छ।
  • यो विवादले माइतीघर मण्डलालाई पुनः राजनीतिक संघर्षको केन्द्र बनाएको छ, जसले राजधानीमा थप राजनीतिक तानातान र सार्वजनिक बहस उत्पन्न गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

राजधानीको माइतीघर मण्डलामा राजनीतिक ब्यानरको विवाद चर्किएको छ। केही दिनअघि जेनजी समूहले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई 'भ्रष्टाचारी' भन्दै टाँगेका ब्यानरमध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र नेता महेश बस्नेतको तस्वीर अंकित ब्यानर हटाइएको छ।

ती ब्यानर हटाइएपछि एक समूहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी समूहका अगुवा सुदन गुरुङको तस्वीर अंकित नयाँ ब्यानर टाँगेको छ। उक्त ब्यानरमा साह र गुरुङलाई 'हिंस्रक, हत्यारा, विदेशी दलाल' भनी लेखिएको छ।

यसअघि जेनजी समूहले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबा, कांग्रेस नेतृ आरजु राणा देउवा, पूर्वगृहमन्त्री रमेश लेखक, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई 'भ्रष्टाचारी हुँ' लगायतका आरोपसहितका ब्यानर टाँगेका थिए।

माइतीघर मण्डला प्रदर्शन र विरोधका लागि प्रयोग हुँदै आएको एक प्रमुख स्थल हो। यस घटनाले राजनीतिक वृत्तमा थप चर्चा र विवाद सिर्जना गरेको छ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीमहेश बस्नेतकाठमाडौँशेर बहादुर देउबा
काठमाडौँ महानगरपालिका11 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...