विश्वकप छनोटमा आज कुवेतविरुद्ध खेल्दै नेपाल

Author

सजिलो पत्रिका

२०८२ असोज २२, बुधबार

11
Share
Featured
  • आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट आजदेखि ओमानमा सुरु हुँदैछ, जहाँ नेपालले पहिलो खेल कुवेतसँग राति पौने नौ बजे खेल्दैछ।
  • नेपाल समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ, र शीर्ष दुई टोली सुपर–सिक्समा पुग्नेछन्।
  • सुपर–सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान पाउनेछन्, कप्तान रोहित पौडेलले टोली उच्च मनोबलमा रहेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा सुरु हुँदैछन् । पहिलो दिन नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ ।

टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको छ । नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेतसँगै जापानसँग पनि खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ ।

सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारतश्रीलंकामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

छनोटअघि नेपाली टिमका कप्तान रोहित पौडेलले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक नतिजाबाट टोलीको मनोबल उच्च रहेको बताए ।

उनले शृंखलाको नतिजा ऐतिहासिक रहे पनि छनोटमा शून्यबाट सुरु गर्नुपर्ने बताउँदै आफूहरू त्यसका निम्ति तयार रहेको समेत बताए ।

यो समाचारमा

श्रीलंकाभारतरोहित पौडेलकुवेत
नेपाल6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...