सुमना श्रेष्ठद्वारा विद्यार्थी संगठनको दोहोरो चरित्रमाथि प्रश्न, खारेजीको माग

Author

सजिलो पत्रिका

२०८२ असोज २२, बुधबार

23
Share
Featured
  • पूर्व सांसद सुमना श्रेष्ठले विद्यार्थी, शिक्षक, प्राध्यापक र कर्मचारी प्रशासनमा रहेका सबै दलीय भ्रातृ संगठन खारेज गर्नुपर्ने माग गरेकी छन्।
  • उनले यी संगठनहरू पेशागत मर्यादाभन्दा दलका नेताको अन्धभक्तिमा केन्द्रित रहेको र विद्यार्थीलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरेको आरोप लगाइन्।
  • उनको टिप्पणी एमाले निकट अनेरास्ववियुले मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध दिएको किटानी जाहेरीको सन्दर्भमा आएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वनेतृ तथा निवर्तमान सांसद सुमना श्रेष्ठले विद्यार्थी, शिक्षक, प्राध्यापक र कर्मचारी प्रशासनमा रहेका दलीय भ्रातृ संगठनहरू तत्काल खारेज गर्नुपर्ने माग गरेकी छन्। मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्ता संगठनहरूले पेशागत मर्यादा र विद्यार्थीको हकहितभन्दा बढी दलका नेताको अन्धभक्ति र बचाउमा काम गरेको आरोप लगाइन्।

श्रेष्ठको यो टिप्पणी एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ का अभियन्ता सुदन गुरुङविरुद्ध दिएको किटानी जाहेरीको सन्दर्भमा आएको हो।

श्रेष्ठले विद्यार्थी संगठनहरूको दोहोरो चरित्रमाथि प्रश्न उठाउँदै लेखेकी छन्, "युनिफर्ममा भएको विद्यार्थीलाई गोली हान्यो, मतलब छैन विद्यार्थी संगठनलाई। तर गोली चलाउन आदेश दिने दलका नेतामाथि उजुरी पर्‍यो भने तुरुन्त जाइलाग्यो!"

उनले थप लेख्दै, "यसैले दलीय भ्रातृ संगठन — चाहे त्यो विद्यार्थीको होस्, प्राध्यापकको वा शिक्षकको — खारेज गर्नुपर्छ। सम्मानित पेशालाई सम्मानित रहन देऊ, विद्यार्थीलाई विद्यार्थी रहन देऊ।" श्रेष्ठका अनुसार यस्ता संगठनहरूले शिक्षण पेशाको गरिमा घटाएका छन् र विद्यार्थीहरूलाई राजनीतिक स्वार्थमा प्रयोग गरिरहेका छन्।


यो समाचारमा

सुमना श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...