कोसी सरकारले बाढीपहिरो पीडितलाई जनही १ लाख राहत दिने

Author

सजिलो पत्रिका

२०८२ असोज २०, सोमबार

18
Share
Featured
  • कोसी प्रदेश सरकारले बाढीपहिरोमा ज्यान गुमाएका प्रत्येक परिवारलाई १ लाख रुपैयाँ प्रारम्भिक राहत दिने घोषणा गरेको छ।
  • प्रारम्भिक राहतका साथै घर निर्माण र मर्मतका लागि थप सहयोग उपलब्ध गराइने प्रदेश सरकारले जनाएको छ।
  • कोसी सरकार संघीय सरकार र सुरक्षा निकायसँग समन्वय गर्दै, प्रमुख जिल्ला अधिकारीहरूसँग मिलेर राहत, उद्धार र अन्य सहयोगका प्रबन्ध गर्दैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कोशी प्रदेश सरकारले हालैको बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई जनही एक लाख रुपैयाँ प्रारम्भिक राहत उपलब्ध गराउने घोषणा गरेको छ। प्रदेशमा पहिरोका कारण सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ।

कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रारम्भिक राहतका अतिरिक्त घर निर्माण तथा मर्मतका लागि थप सहयोग उपलब्ध गराइने जानकारी दिए।

मन्त्री भण्डारीले प्रदेश सरकारले संघीय सरकार र सुरक्षा निकायसँग निरन्तर समन्वय गरिरहेको बताए। उनले विपद्बाट परेको प्रभावका विषयमा प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरी प्रदेश सरकारले राहत, उद्धार र अन्य सहयोगका लागि आवश्यक प्रबन्ध मिलाइरहेको जानकारी दिए।

यो समाचारमा

इलामकोशी प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...