नेपाली क्रिकेट टोली टी-२० विश्वकप छनोटका लागि ओमान प्रस्थान

Author

सजिलो पत्रिका

२०८२ असोज १५, बुधबार

24
Share
Featured
  • नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी-२० विश्वकप २०२६ एसिया/ईस्ट एसिया पेसिफिक छनोट खेल्न यूएईबाट ओमान प्रस्थान गरेको छ।
  • सन्दीप लामिछाने निलम्बनपछि टोलीमा फर्केका छन् र १६ सदस्यीय टोलीसँग सहभागी छन्।
  • विश्वकप छनोट अक्टोबर ८–१७ सम्म ओमानमा हुनेछ, नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली यूएईबाट ओमान प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, यूएईमा गएको १६ सदस्यीय नेपाली टोली नै ओमानमा विश्वकप छनोट खेल्न गएको हो।

वेस्ट इन्डिजसँगको शृंखलाका लागि निलम्बनमा परेका सन्दीप लामिछाने अब भने टोलीमा समावेश छन्। क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘१६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली र सम्पूर्ण अफिसियलहरू विश्वकप छनोट प्रतियोगितामा सहभागी हुन आज नै युएईबाट ओमान प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई उक्त प्रतियोगितामा उच्च मनोबल बढाउनका लागि हौसला प्रदान गरिदिनुहुन समेत सम्पूर्ण क्रिकेट प्रेमी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु।’

क्यानले सम्पूर्ण क्रिकेट समर्थक एवं सरोकारवालाहरूलाई राष्ट्रिय क्रिकेट टोलीप्रति निरन्तर समर्थनका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ। टी-२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ। नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ।

यो समाचारमा

नेपाल क्रिकेट संघपारस खड्काक्रिकेटकाठमाडौँ
कुवेत4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आजदेखि देशभर पुनः भरी सिलिन्डर किन्न पाइने

    काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि बजारमा साविककै १४.२ किलोग्राम ग्यास भरिएको सिलिण्डर पठाउन ग्यास उद्योगीहरूलाई निर्देशन दिएको छ। इण्डियन आयल कर्पोरेसनका रिफाइनरीहरूबाट ग्यास आपूर्तिमा सुधार आएपछि निगमले यस्तो निर्णय गरेको हो।ग्यासको अभाव हुन नदिन र वितरण प्रणालीलाई सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि आधा तौल (७.१ किलो) को

    Data is loading...

    Loading brands...

    Loading footer...