दसैँ सुरु भएयता ६ लाखभन्दा बढीले काठमाडौँ उपत्यका छाडे, सडकमा सवारी चाप घट्यो

Author

सजिलो पत्रिका

२०८२ असोज १५, बुधबार

27
Share
Featured
  • घटस्थापनादेखि असोज १५ बिहानसम्म ६ लाख ११ हजारभन्दा बढी मानिस काठमाडौँ उपत्यका छाडेका छन्।
  • यात्रुको भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले १४ ठाउँमा सहायता कक्ष सञ्चालन गरेको छ।
  • उपत्यकामा मठमन्दिरमा भीड भए पनि सडक प्रायः सुनसान छन्, तर सार्वजनिक यातायातमा यात्रुको चाप बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बडादसैँ सुरु भएयता बुधबार (असोज १५) बिहानसम्म ६ लाखभन्दा बढी मानिसले काठमाडौँ उपत्यका छाडेका छन्। प्रहरीका अनुसार, घटस्थापनायता सडकमार्ग भएर ६ लाख ११ हजार ६५७ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले यात्रुको चाप बढेसँगै १४ ठाउँमा सहायता कक्ष सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार, यतिबेला काठमाडौँ उपत्यकामा हिजोअस्तिको तुलनामा ५० प्रतिशतभन्दा कम सवारीसाधन चलेका छन्।

एसपी सुवेदीले मठमन्दिरमा भीडभाड रहेको र अन्यत्र काठमाडौँका सडकहरू खाली भएको जानकारी दिए। दसैँ मनाउन घर फर्कनेहरूको संख्या बढ्दै जाँदा उपत्यकाको चहलपहल घटेको छ भने सार्वजनिक यातायातमा भने चाप बढेको छ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...