उपसभामुख रानाद्वारा दशैँको शुभकामना, आसन्न निर्वाचनलाई स्थायित्वको अवसरका रूपमा लिन आग्रह

Author

सजिलो पत्रिका

२०८२ असोज १४, मङ्गलबार

23
Share
Featured
  • उपसभामुख इन्दिरा रानाले बडादसैँ २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै आगामी निर्वाचनलाई मुलुकलाई स्थायित्व दिने अवसरका रूपमा चित्रण गरिन्।
  • उनले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षलाई सक्रिय सहभागिता र सहयोगको आह्वान गरिन्।
  • शुभकामना सन्देशमार्फत उनले दसैँलाई पारिवारिक जमघट र धार्मिक–सांस्कृतिक उत्सवको रूपमा स्मरण गर्दै सम्पूर्ण नेपालीको सुस्वास्थ्य, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

उपसभामुख इन्दिरा रानामगरले बडादसैँ २०८२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन्। उनले आगामी निर्वाचन मुलुकलाई स्थायित्व प्रदान गरी संवैधानिक बाटोमा अघि बढाउने अवसरका रूपमा आएको बताएकी छिन्।

उपसभामुख रानाले प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबैसँग अनुरोध गरेकी छन्। शुभकामना सन्देशमा उनले भनिन्, "निर्वाचन मार्फत जनताको अधिकार प्रत्याभूत गर्ने, लोकतन्त्रलाई सबल बनाउने र जनप्रतिनिधिहरूमार्फत मुलुकको नीति निर्माण गर्ने कुरालाई संस्थागत गरिन्छ। आसन्न निर्वाचनलाई सफल बनाउन सम्बद्ध सबै पक्षको सक्रिय सहभागितासहित सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु।"

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म दुर्गा भवानीको पूजा आराधना गरी दसौँ दिनका विशेष अवसरमा टीका जमरा ग्रहण गरी पूर्णिमाका दिनसम्म मान्यजनहरूको हातबाट आशीर्वाद लिई मनाइने महान् चाड दसैँलाई पारिवारिक जमघटको विशेष अवसरका रूपमा लिइने उल्लेख गर्दै उपसभामुख रानाले सम्पूर्ण नेपालीको सुस्वास्थ्य, समृद्धिसहित उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन्।

यो समाचारमा

काठमाडौँइन्दिरा रानामगरप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुनेको पहिचान खुल्यो

    काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा मंगलबार बिहान कारभित्रै जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक व्यक्ति कारधनी सुरेशचन्द श्रेष्ठ हुन्।बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा श्रेष्ठको कारभित्रै जलेर मृत्यु भएको थियो। प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले मृतकको पहिचान भएको पुष्टि गर्दै

    Data is loading...

    Loading brands...

    Loading footer...