काठमाडौँ।
नेपाली काँग्रेसका नेता डा. सुनील कुमार शर्माले वेस्ट इन्डिजविरुद्धको त्रिदिवसीय युनिटी कप सिरिजमा ऐतिहासिक विजय हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खेलमैदानमै पुगेर बधाई तथा सम्मान गरेका छन्।
नेपालले दुई पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज टिमलाई लगातार दुई खेलमा पराजित गर्दै सिरिज उपाधि आफ्नो पक्षमा पारेको थियो। यस ऐतिहासिक क्षणमा डा. शर्माले म्यान अफ द म्याच आसिफ शेखलाई पुरस्कार हस्तान्तरण गर्दै सम्पूर्ण टिमको साहस, समर्पण र ऐतिहासिक प्रदर्शनको खुलेर प्रशंसा गरे।
डा. शर्माले भने, "क्रिकेट खेलको क्षेत्रमा नेपालले नयाँ उचाइ प्राप्त गरेकोमा म गर्ववान्वित छु। यसले मुलुकको छवि र गौरवलाई विश्वभर उजागर गरेको छ।" उनले नेपाली क्रिकेट टोलीको यो जितले देशको खेलकुद विकासमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
नेपाली टोलीको यो ऐतिहासिक प्रदर्शनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ठूलो चर्चा पाएको छ।