दसैंमा चितवनको सुरक्षा व्यवस्था कडा, चार मुख्य जोखिम क्षेत्र निर्धारण

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

27
Share
Featured
  • दसैं लक्षित सुरक्षा योजनाअन्तर्गत चितवन जिल्ला सुरक्षा समितिले चार मुख्य जोखिम क्षेत्र (नारायणगढ–काठमाडौं राजमार्गका पहिरो, कारागारबाट भागेका कैदीबन्दी, चाडपर्वमा हुने दुर्घटना, र जुवातास/झैझगडा) पहिचान गरी प्रहरीलाई उच्च सतर्कतामा राखेको छ।
  • जेनजी आन्दोलनका क्रममा चितवन कारागारबाट भागेका ७२० मध्ये अझै १७० जना कैदी फरार भएकाले समुदायमा अतिरिक्त सुरक्षा जोखिम बढेको छ।
  • राजमार्ग क्षेत्रमा जनपथ र सशस्त्र प्रहरी २४ घण्टा तैनाथ छन्, जसले घटनास्थलमा पाँच मिनेटमै पुग्ने तयारीसहित सुरक्षा कडा पारेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ 

दसैं पर्वलाई लक्षित गर्दै चितवन जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्थापनका लागि चार मुख्य जोखिम क्षेत्र निर्धारण गरी सुरक्षाकर्मी परिचालन गरेको छ। यस वर्ष अन्य वर्षभन्दा बढी सुरक्षा चुनौती रहेको आँकलन गर्दै प्रहरीलाई उच्च सतर्कतामा राखिएको छ।

जिल्ला सुरक्षा समितिले मुख्यगरी दैनिक पहिरो खसिरहने नारायणगढ–काठमाडौं राजमार्ग क्षेत्र, जेनजी आन्दोलनका क्रममा चितवन र अन्य जिल्लाका कारागारबाट भागेका कैदीबन्दीका कारण उत्पन्न हुन सक्ने सुरक्षा जोखिमलाई प्रमुख चुनौतीका रूपमा लिएको छ।

त्यसैगरी, चाडपर्वको समयमा सवारीसाधनको अभावमा यात्रु धेरै बोक्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउँदा हुने दुर्घटना, र जुवातास लगायतका कारण समुदायमा हुनसक्ने झैझगडालाई पनि सुरक्षा जोखिमका रूपमा पहिचान गरिएको छ। यी क्षेत्रहरूमा विशेष ध्यान दिँदै प्रहरी खटाइएको छ।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले यस वर्ष अन्य वर्षभन्दा बढी सुरक्षा चुनौती हुनसक्ने आँकलन गरिएको बताए। उनले धेरै वर्षसम्म नियमित बिदा नबसेकाबाहेक अन्य सुरक्षाकर्मीलाई दसैं बिदामा पनि नपठाई सुरक्षामा खटाइएको जानकारी दिए।

एसपी पुरीका अनुसार, जेनजी आन्दोलनका क्रममा चितवनको कारागारबाट भागेका ७२० मध्ये १७० जना कैदीबन्दी अझै पनि समुदायमा छन्। साथै, अन्य जिल्लाका कारागारबाट भागेका कैदीबन्दी पनि समुदायमा भएकाले थप सुरक्षा जोखिम बढेको छ। चाडपर्वको समयमा पूर्वाग्रह साँध्ने, चोरी तथा लुटपाटका घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै २४ घण्टा नै प्रहरीलाई दुईदेखि पाँच मिनेटको समयमा घटनास्थल पुग्न सक्ने गरी तयारी अवस्थामा राखिएको छ।

राजमार्गको जोखिमलाई मध्यनजर गर्दै जनपथसँगै सशस्त्र प्रहरीको टोली पनि २४ घण्टा नै मुग्लिन–नारायणगढसँगै काठमाडौं जाने राजमार्ग क्षेत्रमा तैनाथ गरिएको छ। आज पनि नारायणगढ–मुग्लिन सडकमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो। विगत एक महिनादेखि राजमार्गका विभिन्न ठाउँमा ढुङ्गा खस्ने, सुख्खा पहिरो खसिरहने कारणले दुर्घटना, बाटो अवरोध र यात्रुले हैरानी पाउने अवस्था सिर्जना भइरहेको छ।

"यस वर्ष अन्य वर्षभन्दा बढी सुरक्षा जोखिम छ भन्ने जिल्ला सुरक्षा समितिले आँकलन गरेको छ," एसपी पुरीले भने, "हामीले २४ घण्टा नै अलर्टमा प्रहरी राखेका छौं। जिल्लाका ७० वटा युनिटबाट घटनास्थलको क्षेत्रमा पाँच मिनेटको समयमा पुग्न सक्ने गरी प्रहरी तैनाथ छन्।"

यो समाचारमा

काठमाडौँचितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...